२७ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई सातौँपटक म्याद थपका लागि अदालत उपस्थित गराइयो

२७ मंसिर २०८१, बिहीबार ११:१५

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि सातौँ पटक कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।

कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा उनीसहित अन्य तीन जनालाई पनि आज अदालतमा उपस्थित गराएको छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिएको छ । प्रहरीले आज अदालत खुल्नासाथ सातौँ पटक म्याद थपका लागि अदालत उपस्थित गराएको हो ।

रविमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा अनुसन्धान भइरहेको छ । अनुसन्धान अधिकारीलाई सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ ।

त्यस्तै पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जिवी राईका साझेदार रामबहादुर खनाल र जिवीसँग जोडिएकी लिला पछाइलाई पनि आज अदालतमा उपस्थित गराइएको छ । लामिछानेको यसअघि कास्की, रूपन्देही, काठमाडौं, चितवनमा बयान लिइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमान्डु भर्सेस जनकपुर: ‘प्लेयर अफ द म्याच’ बने ललित राजवंशी जनकपुर बोल्ट्सले काठमान्डु गुर्खाजलाई ५ विकेट हरायो, प्लेअफमा स्थान पक्का त्रिविमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली सेयर बजारमा ३३ अंकको गिरावट, २०४ कम्पनीको मूल्य घट्यो मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न जनकपुर बोल्ट्सले १० औं ओभरमा गुमायो चौथों विकेट रवि लामिछानेमाथि मानव अधिकारको उल्लंघन नगर्न र नगराउन जिल्ला अदालतको आदेश जनकपुरलाई दोस्रो झट्का अब त्रिभुवन विमानस्थल दैनिक ८ घण्टामात्र बन्द हुने रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति जापान पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने व्यक्ति पक्राउ आज बस्ने भनिएको माओवादीको स्थायी समितिको बैठक स्थगन ‘माग्ने राजा’ मा शीर्ष भूमिकामा अभिनय गर्दै केदार घिमिरे (माग्ने बुढा) ‘पुष्पा–२’ को बक्स अफिसमा नयाँ इतिहास: ६ दिनमै १००० करोड क्लबमा सामेल ११ औं ओभरमा काठमाण्डुले बनायो ६२ रन एलन मस्क बने ४०० अर्ब डलर सम्पत्ति कमाउने इतिहासकै पहिलो व्यक्ति जाजरकोट जीप दुर्घटनाः १ महिनाको बालकसहित ५ जनाको मृत्यु काठमाण्डुले गुमायो पहिलो विकेट ओलीविरुद्धको प्रमाण कम्बोडियामा रहेका नेपालीले दिएका हुन्: दुर्गा प्रसाईं (बयानसहित) बिराटनगर भर्सेस पोखरा: ‘प्लेयर अफ द म्याच’ बने रेमन रेइफर