२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्कोट अस्पतालमा हिनामिना भएको छैन, ‍रवि लामिछाने फाउन्डेसनमा शंका छ : मुकुल ढकाल

२०८१, २७ मंसिर बिहीबार १२:०५

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले रास्कोट अस्पतालमा हिनामिनाको सम्भावना नरहेको दाबी गरेका छन् । रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेसनको विषयमा समाचार आएपछि बिहीबार सामाजिक सञ्जालबाट ढकालले रास्कोट अस्पतालमा पैसा पुगेपछि टेन्डर विधिबाट पैसा निकासा गरिएकाले कुनै पनि प्रकारको हिनामिनाको सम्भावना नरहेको बताएका हुन् ।

“रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेसन दुईवटा फरक संस्था हो । रास्कोट अस्पतालमा पैसा पुगेपछि टेन्डर विधिबाट पैसा निकासा गरिएको थियो, त्यसकारण यसमा कुनै पनि प्रकारको हिनामिनाको सम्भावना छैन,” उनले भनेका छन् ।

तर, रवि लामिछाने फाउन्डेसनको पैसा हिनामिनाको शंका आफूलाई त्यतिबेला नै लागेको उनको दाबी छ । “मैले तत्कालीन अध्यक्ष रवि लामिछानेलाई पैसा हिनामिनाको विषयबारे लिखित जानकारी गराएको थिएँ । दुवै संस्थाको सञ्चालक समितिको सदस्यमा म थिएँ, र केही चेकमा मेरो हस्ताक्षर पनि छन्,” उनको भनाइ छ ।

आफूले काटेको चेक कुनै हिनामिनामा संलग्न नरहेको दाबी गरेका उनले त्यसको पूरै जिम्मेवारी लिने बताएका छन् ।

उनले फाउन्डेसन र अस्पतालको विषयमा रवि लामिछाने, डीपी अर्याल, दीपक बोहोरा, निकिता पौडेल र आफूमाथि छानबिन गर्न पनि माग गरेका छन् ।

“म कुनै पनि प्रकारको अनुसन्धान र छानबिनका लागि पूर्णरूपले तयार छु । हुलहुज्जतबिना कानुनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” ढकालले भनेका छन् ।

दाताबाट उठाएको चन्दा रवि लामिछाने फाउन्डेसनबाट उनको पत्नी निकिताको खातामा गएको दाबीसहित बिहीबार कान्तिपुरले समाचार लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से