महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको महिला तथा बालबालिका कार्यलय पर्बतले चालु आर्थिक बर्षमा ७ सय ५४ वटा परिचय पत्र बितरण गरेको छ । श्रावण एक देखि चालु आर्थिक बर्ष ०७३÷७४ को असार मसान्त अगाबै कार्यलयले अपाङ्गता परिचय पत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको महिला तथा बालबालिका कार्यलय पर्बतले चालु आर्थिक बर्षमा ७ सय ५४ वटा परिचय पत्र बितरण गरेको छ । श्रावण एक देखि चालु आर्थिक बर्ष ०७३÷७४ को असार मसान्त अगाबै कार्यलयले अपाङ्गता परिचय पत"/>
2026-09-19 04:36 PM
पर्बत - PBT

चालु आर्थिक बर्षमा महिला तथा बालबालिका कार्यलयले ग¥र्यो यस्ता काम

महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको महिला तथा बालबालिका कार्यलय पर्बतले चालु आर्थिक बर्षमा ७ सय ५४ वटा परिचय पत्र बितरण गरेको छ । श्रावण एक देखि चालु आर्थिक बर्ष ०७३÷७४ को असार मसान्त अगाबै कार्यलयले अपाङ्गता परिचय पत्र र जेष्ठ नागरिक परिचय पत्र गरि कुल ७ सय ५४ परिचयपत्र बितरण गरेको हो । कार्यलयबाट र गाउँघरमा नै घुम्ती शिबिरको अबसरमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुको पहिचान गरि कार्यलयले सेबा प्रदान गरेको हो ।

कार्यलयले श्राबण १ देखि अहिलेसम्म पुरुष १ सय १७ र महिला ९५ गरि कुल २ सय १२ जनालाई अपाङ्गता परिचयपत्र बितरण गरिसकेको छ । जसमध्ये रातो कार्ड पुरुष १५ महिला १२, निलो कार्ड पुरुष ४६ महिला ३४, पहेलो पुरुष ३८ महिला ३० र सेतो कार्ड पुरुष १८ र महिला १९ रहेका छन् । त्यस्तै जेष्ठ नागरिक परिचय पत्र लिनेमा २ सय ९२ पुरुष र २ सय ५० महिला गरि कुल ५ सय ४२ जना रहेका महिला तथा बालबालिका कार्यलय पर्बतका निमित्त प्रमुख तारादेबि सुनुवारले जानकारी दिनुभयो ।

त्यतिमात्र नभएर कार्यलयले चालु आथर््िाक बर्षमा साबिकका गाबिस तथा हालका ५ वटै गाउँपालिका तथा २ नगरपालिका भित्रका प्रायजसो बडाहरुमा बिभिन्न कार्यक्रम समेत सम्पनन गरेको छ । कार्यलयले बिभिन्न गाबिसहरुमा नयाँ समिति गठन देखि लिएर गाउँघरमा रहेका महिलाहरुलाई नेतृत्व तथा संस्थागत तालिम, पुर्ब सहकारी शिक्षा, लेखापालन तालिम,महिला संस्थाको अबस्थाको बारेमा जानकारी, महिला संस्था गठन, सिप तथ ब्यवसायीक तालिम लगायतका बिभिन्न कार्यक्रमहरु प्रदान गरेको सुनुवारले जानकारी दिनुभयो । साथै कार्यलयले साबिकको बालाकोट गाबिसमा भबन निर्माणको लागि १ लाख अनुदान समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा