२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बामदेवजीले फोन गरेर राजीनामा गर्न भन्नुभो, मैले हस हजुर भनेँ : ओली

२०८१, २८ मंसिर शुक्रबार १७:०४

काठमाडौँ | राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले फोन गरेर केपी शर्मा ओलीलाई  नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा मागेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले गौतमले फोन गरेर आफ्नो राजीनामा मागेको जानकारी गराएका हुन्।

गौतमले प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव राजेश बज्रचार्यलाई फोन गरेका थिए । तर,फोन ओलीले नै उठाएका थिए । ओलीको स्वर नचिनि गौतमले एकोहोरो आफ्नो कुरा राखेका थिए । अन्तिममा राजीनामा मागेपछि आफूले पनि हस हजुर भनेको ओलीले बताए ।

ओलीले भने:
अहिले भर्खर गाडीमा आउँदै थिए, वामदेवजीको फोन आयो । फोन राजेशसँग थियो, वामदेवजीको नम्बर देखेपछि मैले उठाएर हेलो भनेँ । कुरा गर्दै गइयो । उहाँले भन्नु थाल्नुभयो– मदन भण्डारी कांग्रेसले मारेको हो, मलाई पहिले नै थाहा थियो, तर म चुप लागेँ… कांग्रेसले मार्छ भन्ने थाहा थियो, कांग्रेसले मार्या हो भन्ने पनि थाहा थियो, तर अब म बुढो भइसकेँ, जेसुकै भए पनि केही छैन, त्यसैले म सबै कुरा भन्दैछु भनेर… सबै मेरै स्वरमा छ । कुराको अन्तिममा त… तिम्रो ठुलोबालाई भन्देउ, प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देउ, अध्यक्षबाट पनि राजीनामा गर्न भन्देउ । यस्तो भनेर पड्किनुभो । हस हजुर भनेँ । अब के भन्नु । हस म भन्दिउँला भनेँ । फोन राखेँ ।

उहाँलाई समेत भ्रम पर्ने गरी…भ्रम त पर्नु नपर्ने हो किन भने वामदेव गौतमजी र म …त एउटै विचारमा नङ र मासु जसरी एउटै यात्रामा हिँडेका साथी हौं । अहिले उहाँलाई के केले छोयो के के भयो म भन्न सक्दिनँ । उहाँले मेरो आवाज युट्यूवमा बोलेको चिन्नुभो, तर म उहाँसँग कुरा गरिराख्या छु, त्यो चाहीँ चिन्नुभएन । कांग्रेस र मेरोबीचमा लडार्इं लगाउने हिसाबले कसैले त्यस्तो भिडिओ बनायो होला ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो