२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने गलत भाष्य निर्माण भयो :मन्त्री सिंह

२८ मंसिर २०८१, शुक्रबार १७:१८

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन भएसँगै विकासको काम पनि भएको बताएका छन् ।

शुक्रबार चितवनमा नेशनल सिटी अस्पतालको भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खोजिएको बताए।

उपप्रधानमन्त्री सिंहले भने `केही पनि भएको छैन भनेर यहाँ जुन भाष्य बनाउन खोजिएको छ। ०४६ पछाडि जन्मिएको पुस्तालाई त्यो भन्दा अगाडि कस्तो थियो ? थाहा नहुन सक्छ। आफ्नै बुबाहरूसँग,अघिल्लो पुस्तासँग सोध्न सकिन्छ |, `व्यवस्था मात्रै परिवर्तन भएको छैन, विकासको काम पनि भएको छ। सामाजिक आर्थिक क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ।´

परिवर्तनको आभास हरेक नागरिकमा पुर्याउन केही समय लाग्ने भन्दै सरकारले त्यसका लागि काम गरिरहेको बताए।

त्यस्तै उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकारलाई सुरक्षित गर्दै अब देशलाई विकासको बाटोमा लैजान सबै लाग्नुपर्नेमा जोड दिए।

उपप्रधानमन्त्री सिंहले मेडिकल सिटी अस्पतालको नवनिर्मीत भवनको उद्घाटन गर्दै अस्पतालले स्वास्थ्य सेवाकाे क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो