पर्वत, २३ असार । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, २३ असार ।
2026-09-19 04:36 PM
पर्बत - PBT

कालीगण्डकीमा भेटिएको शव शिक्षक पौडेलको भएको डिएनए परिक्षणबाट पुष्टि

पर्वत, २३ असार । दुई साता अघि वेवारिसे रुपमा कालीगण्डकी नदी किनारमा भेटिएको शव बेपत्ता शिक्षक नारायण पौडेलको भएको प्रहरीले पुष्टि गरेको छ । डिएनए परिक्षणबाट समेत उक्त शव बेपत्ता शिक्षककै भएको पुष्टि भएको प्रहरी नायव उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । ‘शवसँग पौडेलको बाबु, आमाको रगत पठाएका थियौ, डिएनए परिक्षणमा मिलेको रिपोर्ट प्राप्त भएको खनालले बताउनुभयो ।

पर्वतका कुश्मा नगरपालिका –९ कटुवाचौपारीस्थित आइबल एकेडेमीका शिक्षक पौडेल जेठ २५ देखि बेपत्ता थिए । दुई सातापछि बागलुङको जैमिनी नगरपालिका अन्र्तगत वेलवगरमा उनको शव फेला परेको थियो ।

पौडेलकी आमाले घाटीमा लगाएको माला, जनै र दाँतका आधारमा नारायणकै भएको बताउनुभएको भएपनि प्रहरीले थप पुष्टि गर्न भन्दै डिएन ए परिक्षणका लागि काठमाण्डौ पठाएको हो ।

बिद्यालयमा बिद्यार्थीलाई कडा सजाय दिएको गुनासो आएपछि पौडेललाई माफी माग्न आग्रह गरिएको र उक्त दिनपछि नारायण बिद्यालय जान समेत छाड्नुभएको थियो । पौडेल बेपत्ता भएपछि उहाँ बस्ने कोठामा खाना पकाउने तयारी र लुगा धुनका लागि भिजाएको भेटिएको प्रहरीले जनाएको थियो ।

प्रहरीले उक्त शव नारायण पौडेलकै भएको पुष्टि भएपछि आत्महत्या वा हत्या भन्ने बिषयमा अनुसन्धान थालेको जनाएको छ । ‘अब शव पौडेलकै भएको पुष्टि भएको छ’ खनालले भने–‘ज्यान कसरी गएको हो, सुक्ष्म अनुसन्धान थालेका छौ ।’ प्रहरीले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

बिद्यालयका प्रिन्सिपल बिमल पौडेल, अभिभावक देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई बिहिबार साँझ नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जनालाई प्रहरीले शुक्रबार सात दिनको म्याद थपेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा