२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रोकिएन ‘पुष्पा २’ व्यापारको रफ्तार, दसौँ दिन हिन्दी भर्सनमा रच्यो इतिहास

३० मंसिर २०८१, आईतवार १४:५५

काठमाडौँ | अल्लु अर्जुन अभिनीत दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को व्यापारले बलिउड र साउथ फिल्म उद्योगमा तहल्का मच्चाइरहेको छ।

डिसेम्बर ५ मा रिलिज भएको यो फिल्मले पहिलो दिनमै १७५ करोड भारुको कमाइ गर्दै धमाकेदार शुरुवात गरेको थियो। फिल्मले तेलुगुपछि हिन्दी भाषामा सबैभन्दा राम्रो व्यापार गरेको छ। हिन्दी भर्सनबाट मात्रै फिल्मले ७० करोड भारुको ओपनिङ गरेको थियो।

‘पुष्पा २’ ले दोस्रो शनिबार (रिलिजको दसौँ दिन) ४६ करोड भारु कमाउँदै नयाँ कीर्तिमान बनाएको छ। हिन्दी भर्सनमा फिल्मले कुल ४९८ करोड भारु कमाइसकेको छ।

फिल्मको सबै भाषाको घरेलु बक्स अफिस कमाइ ८२४ करोड भारु नाघिसकेको छ। विश्वव्यापी रुपमा हेर्दा, यसले १० दिनमा १२०० करोड भारुको ग्रस कमाइ गरेको छ।

सामान्यतः ठूला ब्लकबस्टर फिल्महरूको व्यापार दोस्रो साता कमजोर हुने गरेको छ। तर ‘पुष्पा २’ ले दोस्रो सप्ताहन्तमा पनि आफ्नो व्यापारको रफ्तार रोक्न दिएको छैन।

सुकुमार निर्देशित यस फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्दना र फहद फासिल मुख्य भूमिकामा छन्। फिल्मले भारत मात्र होइन, विदेशमा पनि उल्लेखनीय कमाइ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा