2026-11-02 02:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा धार्मिक यात्रामा हिँडेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १२ जना घाइते

दाङ । दाङको देउखुरीमा विंगर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् ।

कपिलवस्तुको चनौटाबाट सोमबार बिहान बर्दिया जाँदै गरेको लु १ ज ४२९८ नम्बरको विंगर गाडी लमही नगरपालिका वडा नम्बर ९ लमही–कोहलपुर सडकखण्ड च्याउ खोलामा अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख कविराज रोकायले जानकारी दिएका छन् । उनीहरू सत्सङ्गको धार्मिक यात्रामा हिँडेको स्थानीयले बताएका छन् ।

दुर्घटनामा परेर मृत्यु हुनेमा शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीय फुलसी थारु, सोही ठाउँ निवासी ४२ वर्षीय तिर्थी थारु रहेका छन् ।

दुर्घटनामा परि शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ४५ वर्षीय मिथिया थारु, सोही ठाउँ निवासी ६५ वर्षीय तेहली थारु, ७७ वर्षीय दर्शनी थारु, ६० वर्षीय महँगी थारु, ४० वर्षीय सरीता थारु, ५५ वर्षीय रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीय फुलबजनी चौधरी, ४५ वर्षीय बुद्धि थारु, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा रहेको शवगृहमा राखिएको छ ।

चालकलाई प्रहरीको नियन्त्रणमा रहेको छ । प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुन सक्ने आंकलन प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द