Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा धार्मिक यात्रामा हिँडेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १२ जना घाइते

२०८१, १ पुष सोमबार १३:१३

दाङ । दाङको देउखुरीमा विंगर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् ।

कपिलवस्तुको चनौटाबाट सोमबार बिहान बर्दिया जाँदै गरेको लु १ ज ४२९८ नम्बरको विंगर गाडी लमही नगरपालिका वडा नम्बर ९ लमही–कोहलपुर सडकखण्ड च्याउ खोलामा अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख कविराज रोकायले जानकारी दिएका छन् । उनीहरू सत्सङ्गको धार्मिक यात्रामा हिँडेको स्थानीयले बताएका छन् ।

दुर्घटनामा परेर मृत्यु हुनेमा शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीय फुलसी थारु, सोही ठाउँ निवासी ४२ वर्षीय तिर्थी थारु रहेका छन् ।

दुर्घटनामा परि शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ४५ वर्षीय मिथिया थारु, सोही ठाउँ निवासी ६५ वर्षीय तेहली थारु, ७७ वर्षीय दर्शनी थारु, ६० वर्षीय महँगी थारु, ४० वर्षीय सरीता थारु, ५५ वर्षीय रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीय फुलबजनी चौधरी, ४५ वर्षीय बुद्धि थारु, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा रहेको शवगृहमा राखिएको छ ।

चालकलाई प्रहरीको नियन्त्रणमा रहेको छ । प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुन सक्ने आंकलन प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश