२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारमा दुई अर्ब बढीको कारोबार

२०७४, २४ असार शनिबार ११:४९

असार २४, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरको सेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६२ कम्पनीको ७० लाख २३ हजार ६३० कित्ता सेयर खरिद बिक्री भएको हो । गत साता १६० कम्पनीको कारोबार भएको थियो । गत साता रु एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार बराबरका ३४ लाख १४ हजार ५० कित्ता सेयर खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०.२९ अङ्कले बढेर अन्तिम दिन एक हजार ५८२.११ अङ्कमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.१७ अङ्कले बढेर ३३६.१ अङ्कमा आइपुगेको छ । 

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु २१ करोड १५ लाख २० हजारको कारोबार भएको स्टकले जनाएको छ । कारोबार भएको सेयर सङ्ख्याको आधारमा एनआइबिएल समृद्धि फन्ड एक अग्रस्थानमा रहेको छ । सो फन्डको ११ लाख २० हजार कित्ता सेयर कारोबार भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते