इलाम | इलाममा परालको कुन्युमा आगलागी हुँदा जलेर सोमबार एकजनाको मृत्यु भएको छ ।
माई नगरपालिका–२ रातेखाडीका ठकबहादुर लिम्बूको परालको कुन्युमा सोमबार राति आगलागी हुँदा देउमाई नगरपालिका–४ मंगलबारेका ४३ वर्षीय दीपक भन्ने तिलविक्रम शिवाको मृत्यु भएको हो ।
गम्भीर घाइते उनको प्रादेशिक अस्पताल भद्रपुर झापामा उपचारका क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।