2026-09-12 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रात्रिकालिन उडानको सुरुवातले सम्भावनाको ढोका खोलेको छ : महानिर्देशक अधिकारी

काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीले राजविराजको रात्रिकालिन उडानको सुरुवातले सम्भावनाको ढोका खोलेको बताएका छन् ।

राजविराजको रात्रिकालन उडानको सुरुवात गर्ने कार्यक्रममा उनले हवाई यातायातको महत्व धेरै नै भएको भन्दै यो रात्रिकालिन उडानले यसलाई अझ सहज बनाएको बताए । उनले भने, ‘हवाई यातायातको महत्व दुर्गम क्षेत्रमा, बाढि पहिरो गएको स्थानमा र समस्या परेको बेला धेरै हुन्छ । राजविराजको रात्रिकालिन उडानले सम्भावनाको ढोका खोलेको छ । बिहान कोही मान्छे राजविराजबाट उडेर काठमाडौं गएर काम सकाएर फर्किन सक्ने अवस्था बनेको छ । यसको लागि म सबैलाई धन्यवाद दिन चहान्छु ।’

यस्तै, जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि रात्रिकालिन उडानलाई अझ बढाउने बारेमा सोच्नु पर्ने भन्दै यसले पर्यटन बढाउन पनि सहयोग हुने बताए । उनले भने, ‘यसलाई अझ अगाडि कसरी लाने, योभन्दा बढाउन के गर्ने भन्ने कुरामा सबैले सोच्नु पर्छ । त्यसको लागि मैले प्रस्ताव पनि गरेको थियो । यसले पर्यटन बढाउन सहज हुन्छ, यसले आर्थिक विकास पनि गर्न सकिन्छ ।’

यसको साथै, उनले सांसदको सपथ लिदाँ देखेको सपना साकार भएको भन्दै आजको दिनसम्म आउनको लागि संघर्ष गरेका सबैलाई धन्यवाद दिएका छन् । उनले भने, ‘आजको दिनसम्म आउनको लागि संघर्ष गर्नु भएको पार्टीका नेताहरु, क्यानका पदाधिकारी सबैलाई धन्यवाद दिन चहान्छु । म सांसद भएको सपथ लिएकै दिन तेस्रो नम्बरको पत्र यही विषयमा थियो कि यहाँबाट दुईवटा फ्लाइट सञ्चालन हुनुपर्छ र नाइट भिजन जडान हुनुपर्छ भनेर थियो । हाम्रो सपना जुन थियो त्यो साकार हुँदैछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस