असार २५, काठमाडौँ । नेपालीभाषी बहुल भारत पश्चिम बंगालको दार्जिलिङमा शुक्रबार र शनिबार प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार राति घरबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २५, काठमाडौँ । नेपालीभाषी बहुल भारत पश्चिम बंगालको दार्जिलिङमा शुक्रबार र शनिबार प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार राति घरबा"/>

७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्जिलिङ फेरी तनावग्रस्त, थप ३ को मृत्यु

२५ असार २०७४, आईतवार ०१:११


असार २५, काठमाडौँ । नेपालीभाषी बहुल भारत पश्चिम बंगालको दार्जिलिङमा शुक्रबार र शनिबार प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार राति घरबाट बाहिर निस्किने क्रममा दार्जिलिङ सोनादाका टाँसी भोटियालाई प्रहरीले गोली हानी मारेपछि शनिबार दिनभर दार्जिलिङ तनावग्रस्त बन्यो । 

भोटियाको कन्चटमा गोली लागेको अवस्थामा भेटिएपछि शनिबार आक्रोसित भिडले दार्जिलिङमा प्रहरी कार्यालयलगायत प्रहरीका सवारी साधन जलाउने काम गरेपछि प्रहरीले गोली चलाउँदा दुई प्रदर्शनकारीको मृत्यु भएको हो।

शनिबार दिउँसो प्रदर्शन र तोडफोडमा उत्रेका प्रदर्शनकारीलाई लक्षित गरेर प्रहरीले गोली चलाउँदा दार्जिलिङ बजारमा तुङसुङका सुरज सुन्दासको मृत्यु भएको हो। उक्त घटनापछि आन्दोलनकारी अझ आक्रोशित बनेका थिए। त्यसपछि दार्जिलिङको सिंहमारीमा आन्दोलनकारीेले प्रदर्शन उग्र बनाएका थिए। त्यहाँ पनि सुरक्षाकर्मीको गोली लागेर सिंहमारी रोपवेका समीर गुरुङको ज्यान गएको छ ।

भारतीय नेपाली भाषी गोर्खालीले भारत पश्चिम बंगालको दार्जिलिङमा छुट्टै स्वायत्त गोर्खाल्याण्डको माग गर्दै आन्दोलन चकाइरहेका छन्। पछिल्लो पटक चलिरहेको आन्दोलनमा यस अघि नै पाँच जनाको ज्यान गइसकेको बताइएको छ । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने