३ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टियूको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कारबाहीको दायरामा आउनेछन् : प्रधानमन्त्री ओली

३ पुष २०८१, बुधबार १२:२२

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने र हिनामिना गर्ने जो कोही भएपनि कानूनी कारबाहीको दायरामा आउने दाबी गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन गर्न बनेको आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री अ‍ोलीले यस्तो बताएका हुन् ।

उनले भने,‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन् । आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने छ। आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ । हात हालेपछि यसलाई टुंगोमा पुर्याएरै छाडिने छ ।’

आयोगको प्रतिवेदन बुझेको तस्विर सार्वजनिक गर्दै प्रधानमन्त्रीले फेशबुकमा लेखेका छन्–

एउटा संयोग ( २०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न मन्त्रिपरिषदबाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेका थियौं। ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको छ । त्यसपछि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोग पनि त्रितालको नेतृत्वमा नै बन्यो । आयोगको अध्ययन प्रतिवेदन हिजो प्राप्त भएको छ। शारदाप्रसाद त्रिताल अस्वस्थ हुनुहुँदो रहेछ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ। त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन् । आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने छ। आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ । हात हालेपछि यसलाई टुंगोमा पुर्याएरै छाडिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल: पहिलो सिजनको फाईनल नजिक सुदूरपश्चिम रोयल्स आज ५.६ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा खुम्चियो लगातार दुई खेलमा जित निकाल्दै नेपालले जित्यो हङकङसँगको एक दिवसीय यू-१९ सिरिज सुदूरपश्चिम रोयल्सले गुमायो पहिलो विकेट एनपीएलको उपाधि कर्णालीले जित्छः कप्तान सोमपाल रक्सी खाएर श्रीमतीलाई कुटपिट र मन्जुरी बिना करणी गरेको आरोपमा एकजना पक्राउ रुसले बनायो क्यान्सरको खोप ! मलेसिया रोजगार: मेडिकल सिन्डिकेटलाई जारी राख्ने प्रयासमा ट्रायल हुँदै फाइनल प्रवेशका लागि जनकपुले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य कुलमान भन्छन्– प्राविधिक कारणले उद्योगमा विद्युत् कटौती, लोडसेडिङ होइन भारतका रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए सर्वोच्चले भन्यो: दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनु प्रधानमन्त्रीसँग यूएईका राजदूतको शिष्टाचार भेट जीबी राईलाई फर्काउने कोसिस भइरहेको छः गृहमन्त्री पावर प्लेमा जनकपुर बोल्ट्सले दोस्रो विकेट गुमाएर बनायो ३७ रन जनकपुर बोल्ट्सलाई पहिलो झट्का, दिपेन्द्रले लिए विकेट दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैङ्कलाई बाटो खुला सुदूरपश्चिमविरुद्ध पहिला ब्याटिङ गर्दै जनकपुर, आसिफले कप्तानी गर्ने कर्णाली भर्सेस चितवन: वाल्टन ‘प्लेयर अफ द म्याच’ घोषित ६८ लाख हुन्डी रकमसहित चार जना पक्राउ