असार २५, काठमाडौं । रोजीरोटीको मीठो सपना लिएर १२ वर्षअघि कुवेत पुगेकी सिन्धुपाल्चोककी डोल्मा शेर्पा जेलनेलको लामो सजाय बेहोर्दै शनिबार साँझ घर फर्केकी छन्।

‘"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २५, काठमाडौं । रोजीरोटीको मीठो सपना लिएर १२ वर्षअघि कुवेत पुगेकी सिन्धुपाल्चोककी डोल्मा शेर्पा जेलनेलको लामो सजाय बेहोर्दै शनिबार साँझ घर फर्केकी छन्।

‘"/>

२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा मृत्युदण्ड पाएकी डोल्मा १२ वर्षपछि फर्किइन्

२०७४, २५ असार आईतवार ०१:४५


असार २५, काठमाडौं । रोजीरोटीको मीठो सपना लिएर १२ वर्षअघि कुवेत पुगेकी सिन्धुपाल्चोककी डोल्मा शेर्पा जेलनेलको लामो सजाय बेहोर्दै शनिबार साँझ घर फर्केकी छन्।

‘सानो छोरा र श्रीमानलाई घर छाडेर कुवेत गएकी थिएँ, सबै कुरा आफूले भनेजस्तो कसको हुन्छ र ?’,एक फिलिपिनो सहकर्मीको हत्याको आरोपमा १० वर्ष लामो जेल सजाय बेहोर्दै घरफिर्ती केन्द्र (डिपोर्टसेन सेन्टर) बाट घर फर्किएकी ३८ वर्षिया डोल्माले सुनाइन, ‘जसरी भएपनि घर फर्कन पाएँ, म अत्यन्त खुशी छु, इन्साल्ला…।’ 

डोल्मालाई लिन उनका भाइ शेराब लामा विमानस्थल पुगेका थिए । खाडी मुलुकमा रोजीरोटीको सपनामयी योजना लिएर कुवेत पुगेकी सिन्धुपाल्चोक, क्यानसिङकी डोल्माका श्रीमान आङ तेन्जि शेर्पा अहिले रोजगारीकै क्रममा इराक पुगेका छन् भने उनका एक छोरा आफन्तको सहयोगमा काठमाडौंको विद्यालयमा अध्यनरत छन् ।

कुवेतमा डोल्मा प्रकरणको चर्चा सुरु भएलगत्तै खाडी मुलुकमा जाने नेपाली महिला कामदारको स्थिति र सरोकारमा बढी नै आवाज उठ्न थालेको हो । बिशेषत घरेलु काममा खाडी मुलुकमा महिलालाई पठाउनु हुन्न भन्ने पक्षमा सरकारी र गैरसरकारी तहमा बहस चलिरहेको भएपनि यो बिषय अझै ‘अनिर्णित’ छ ।

१० बर्ष लामो जेल सजायको अवधी यो जुन २० (असार ६) मा पूरा भएपछि डोल्मालाई कुवेत सरकारको घर फिर्ती प्रकृया (डिर्पोटेसन) केन्द्रमा राखेको थियो । २००७ को जुन २० देखि जेलमा रहेकी डोल्मालाई कुवेतको उच्च अदालतले २००८ को डिसेम्बर २३ मा सहकर्मी हत्या गरेको पुष्टीसहित मृत्युदण्डको सजाय सुनाएको थियो ।

लगत्तै नेपाल सरकारले गरेको आग्रह र अन्तर्राष्ट्रिय रुपमा चलेको ‘डोल्मा बचाउ अभियान’का कारण डोल्माको मृत्युदण्ड १० वर्षे जेल सजायमा रुपान्तरण भएको थियो । इस्लामिक कानूनअनुसार पीडित परिवारले ‘ब्लड मनी’ (क्षतिपूर्ति) स्वीकार गरेको अवस्थामा डोल्माले पाएको कठोर सजाय मिनाह भएको थियो । सहमति अनुसारको १० हजार डलरको ब्लड–मनी उठाउन नेपाल सरकारले ४ हजार डलर ‘बीउ पैसा’ राखेर बााकी पैसा अन्र्तराष्ट्रिय तहमा नेपाली समुदायबाट उठाइएको थियो ।

‘मलाई देश–विदेशका नेपालीले गरेको सहयोग र जनाएको शुभेच्छाप्रति म धन्यबाद भन्न चाहन्छु,’ छोटो कुराकानीमाझ डोल्माले भनिन्, ‘यो सहयोग नभएको भए शायद म आज घर फर्कन सक्ने थिइान ।’

डोल्माले कुवेतस्थित नेपाली दुतावासले जेलमा रहेका नेपालीको पक्षमा आवाज उठाउन नसकेको प्रतिक्रिया दिइन् । डोल्मा दुतावासले उपलब्ध गराएको ‘ट्राभल डकुमेन्ट’ लिएर घर फर्केकी हुन् ।

डोल्मालाई मृत्युदण्ड सुनाइएको खबरलगत्तै खाडी क्षेत्रमा बिना अनुमती वा सरकारी प्रकृयाबिनै जाने नेपाली महिलाहरुको सरोकार नेपालमा सदनदेखि सडकसम्म तातेको थियो । पछिल्लो तथ्यांकमा खाडीको कुवेतमा मात्रै ६१ हजार नेपाली कामदार रहेकोमा २३ हजार घरेलु कामदार महिला छन् ।

दुतावासका अनुसार कुवेतका जेलमा हाल ५२ जना नेपाली रहेकोमा ३ जनालाई मृत्युदण्ड, १४ जनालाई आजीवन कारावास र अन्यलाई बढीमा १५ बर्षको जेल सजायमा थुनामा राखिएको छ । यसमा १ देखि १५ वर्षसम्मको जेल सजाय बेहोर्ने महिलाको संख्या ८ छ । थुनामा पर्नेमध्ये अधिकांश लागूपदार्थ कारोबारको अभियोग बेहोरिरहेका छन् ।

कुवेतमा घरेलु कामदारमाथि भएको श्रम शोषण र बढ्दो गैरकानूनी कामकारवाहीलाई आधार मानेर नेपाल सरकारले २०१४ को मार्च महिनादेखि घरेलु काममा श्रम स्वीकृति दिन बन्द गरेको छ । तैपनि लुकिछिपी अथवा भारतको बाटो भएर जाने महिलाहरु उत्तिकै रहेको स्थिति छ । डोल्मा भारतको बाटो हुादै अवैध रुपमा कुवेत गएकी थिइन् । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो