३ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैङ्कलाई बाटो खुला

३ पुष २०८१, बुधबार १३:१४

विराटनगर। मेडिकल व्यावसायी दुर्गा प्रसाईंको पक्षबाट उच्च अदालत विराटनगर, इलाम इजलासमा दायर भएको रिट खारेज भएको छ। रिट खारेजीपछि बैङ्कलाई ऋण असुलीको बाटो खुलेको छ।

बैङ्कले ऋण असुलका लागि ताकेता गरेपछि प्रसाईंको पक्षबाट निषेधाज्ञाको मागसहित रिट दायर भएको थियो । उक्त रिटको अन्तिम सुनुवाइका क्रममा मंगलबार इलाम इजलासका मुख्यन्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले रिट खारेज गरेको हो।

उच्च अदालत विराटनगर, इलाम इजलासका सूचना अधिकारी युगेनकाजी बान्तवाका अनुसार मंगलबार रिट खारेज भएको हो। कुमारी बैङ्कको बिर्तामोड शाखासहितका बैङ्कविरुद्ध प्रसाईको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैङ्कलाई ऋण असुल गर्ने बाटो खुलेको छ।

दुई वर्षयता प्रसाईंले बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने र मिनाहा हुने अभिव्यक्ति दिदैँ आएका छन्। यसका लागि अभियानै चलाएका उनी आफ्नै अस्पतालका लागि लिएको ऋणको असुली रोक्नका लागि अदालत पुगेका थिए।

कुमारी बैङ्कको शाखा कार्यालय बिर्तामोडसहित चार वटा बैङ्कलाई प्रतिवादी बनाएर २०८० असार ८ गते निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए। यो रिटमा इलाम इजलासले २०८० असार १० गते कारण देखाउ आदेश जारी गरेको थियो। १८ पटक पेशी चढेको यो रिटको सुनवाई ९ पटक स्थगित भएको थियो।

ऋणीले ऋण नतिरे धितो लिलामीबाट बैङ्कले ऋण असुल गर्न सक्नेछन्। पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि दुर्गा प्रसाईंले चार वटा बैङ्कबाट २ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका छन्।

प्रसाईंलाई बिएन्डसी मेडिकल कलेज सञ्चालनका लागि गत चैतमा सर्वोच्च अदालतले बाटो खोलिदिएको थियो। मेडिकल कलेज सञ्चालनको तयारीमा रहेका प्रसाईं भारतीय गुण्डा नाइके लरेन्स बिस्नोइको नाममा नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्तिसँग ‘कनेक्सन’ देखिएपछि प्रहरी हिरासतमा छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध फेक भिडियो बनाएर अफवाह फैलाएको भन्दै प्रसाईं गत मंसिर ४ गते पक्राउ परेका थिए। विद्युतीय कारोबार ऐन २०६३ अनुसार दर्ता भएको मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले ४० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो। संगठित अपराध र आपराधिक लाभको कसूरमाथि छानविन चलिरहेका कारण उनी छुटेनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमसँग हारेपछि जनकपुरका कप्तान आसिफ भन्छन्- विश्वास छ कि फाइनलमा हाम्रो भेट हुन्छ र हामी जित्छौं ‘पुष्पा २’ प्रिमियरको भागदौडमा मारिएकी महिलाका ९ वर्षीय छोराको अवस्था गम्भीर सभापति लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा कति मागियो कैद सजाय ? निर्मला पन्त हत्या प्रकरण: अनुसन्धानमा नयाँ कोणबाट छलफल सुरु, ६ वर्षपछि पनि हत्यारा पत्ता लाग्न सकेन वामदेवलाई एमालेले भन्यो: हतारमा पार्टी प्रवेशको निर्णय लिँदा पछि पछुताउनुपर्ला ‘फ्री भिसा फ्री टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भए, यसको यथार्थ निकाल्नुपर्छ’- मन्त्री भण्डारी एनपीएलको फाईनलमा पुग्ने पहिलो टोलि बन्यो सुदूरपश्चिम रोयल्स विनोद भण्डारीले बनाए अर्धशतक मलेसियाका लागि राजदूतमा नेत्र प्रसाद तिम्सिना नियुक्त एनपीएल: पहिलो सिजनको फाईनल नजिक सुदूरपश्चिम रोयल्स आज ५.६ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा खुम्चियो लगातार दुई खेलमा जित निकाल्दै नेपालले जित्यो हङकङसँगको एक दिवसीय यू-१९ सिरिज सुदूरपश्चिम रोयल्सले गुमायो पहिलो विकेट एनपीएलको उपाधि कर्णालीले जित्छः कप्तान सोमपाल रक्सी खाएर श्रीमतीलाई कुटपिट र मन्जुरी बिना करणी गरेको आरोपमा एकजना पक्राउ रुसले बनायो क्यान्सरको खोप ! मलेसिया रोजगार: मेडिकल सिन्डिकेटलाई जारी राख्ने प्रयासमा ट्रायल हुँदै फाइनल प्रवेशका लागि जनकपुले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य कुलमान भन्छन्– प्राविधिक कारणले उद्योगमा विद्युत् कटौती, लोडसेडिङ होइन भारतका रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए