2026-07-05 02:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको हिरासतको तस्बिर सामाजिक सञ्जालमा भाइरल, के हाे यथार्थ ?

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासत कक्षको भनिएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । तस्बिरमा एक व्यक्ति सिरक ओढेर सुतिरहेको देखिन्छ । ​टेबलमा केही पुस्तक, पानीको बोत्तल र अन्य सामाग्रीहरू छन् । एउटाको प्याकेटमा ‘टोकला टि’ लेखिएको स्पष्ट देखिन्छ ।

रास्वपाका नेता, कार्यकर्ताहरूले ती व्यक्ति रवि लामिछाने भएको दाबी गर्दै प्रहरीले गलत नियतले तस्बिर लिक गरेको आरोप लगाइरहेका छन् । “अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला’, रास्वपाका कोषाध्यक्ष दीपक बोहोराले फेसबुकमा लेखेका छन् ।

बुधबार साँझदेखि अनलाइनमा भाइरल भइरहेको यो तस्बीरलाई लिएर कास्की प्रहरी कार्यालयले अनुसन्धान थालेको छ । कार्यालय प्रमुख एसपी श्याम ओलियाले घटनाबारे छानबिन भइरहेको जानकारी दिए ।

यसैबीच आफूलाई सामाजिक अभियन्ता बताउने डा. निकोलस भुसालले आफूले सीसीटीभी मनिटरबाट उक्त फोटो खिचेको दाबी गरेका छन् । उक्त फोटो केही दिनअघि भुसालकै आईडीबाट पोस्ट भएर डिलिट गरिएको पनि पाइएको छ । भुसालले तस्बिर आफैले खिचेको र कसैलाई दोषारोपण नगर्न आग्रह गरेका छन् ।

रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले पनि तस्बिर रवि लामिछानेकै भएको दाबी गरेका छन् ।

कानुनका जानकारहरूले कसैको फोटो अनुमति बिना खिच्नु, तोडमोड गर्नु र सार्वजनिक गर्नु दण्डनीय अपराध भएको बताएका छन् । हिरासतमा रहेका व्यक्तिको तस्बिर सार्वजनिक गर्नु कानुनी दृष्टिकोणले पनि विवादास्पद हुने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै