४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

१० दलले बझाङ जिल्ला परिषद बहिस्कार गर्ने

१२ फाल्गुन २०७२, बुधबार ०४:५९

डिवि विष्ट/बसन्त प्रताप सिंह/ फागुन १२, बझाङ । जिल्ला विकास समितिले आगामी आर्थिक वर्षको वजेट नियम विपरित विनियोजन गरेको भन्दै बझाङका १० वटा साना दलले बुधबार हुने जिल्ला परिषद बहिस्कार गर्ने निर्णय गरेका छन ।

जिल्ला विकास समितिले तयार गरेको आवधीक जिल्ला विकास योजना र इलाका परिषदबाट पारित भएर आएका योजनाहरुको बेवास्ता गर्दै जिल्ला विकास समितिका कर्मचारी र तिन ठुला दलका नेताहरुले आ आफ्नो क्षेत्र र कार्यक्रर्ताको हित हुने खालका योजनामा बजेट विनियोजन गरेको भन्दै साना दलहरुले आपती जनाएका हुन ।

लक्षित वर्गको लागी छुट्याउनु पर्ने रकम समेत नियम विपरित अन्य क्षेत्रमा विनियोजन गरिएको तथा खारेज भैसकेका सहकारीहरुको नाममा समेत बजेट हालिएकोले जिल्लाको विकासमा आएको रकमको चरम दुरुपयोग हुन सक्ने आसंका गरेका छन ।

मंगलबार विहान बसेको राप्रपा, नेकपा माओवादी विप्लव समुह, नेकपा माओवादी वैद्य समुह, अखण्ड सुदुर पश्चिम पार्टी, जनमोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेपाल सदभावना पार्टीको संयुक्त बैठकले यस्तो आसंका गर्दै सबै दल र सरोकारवालाहरु संग छलफल गरी नियमसंगत ढंगबाट योजना तजुर्मा गर्न माग गरेको छ ।

नेपाली काङग्रेस, नेकपा एमाले र एनेकपा माओवादीका नेताले अनौपचारीक ढंगले बैठक बसी योजना तजुर्मा गरेको र जिल्लाको विकास भन्दा पनि कार्यक्रर्ताको माग पुरा गर्ने गरी रकम विनियोजन गरेकोले जिल्ला परिषद बहिस्कार गर्न लागेको नेकपा माओवादी विप्लव समुहका जिल्ला जनपरिषद संयोजक चन्द्रबहादुर सिंहले बताए । योजना तजुर्मा प्रक्रिया प्रति असन्तुष्टी जनाउदै आएको राप्रपा नेपालले भने आफ्नो असन्तुष्टी फिर्ता लिएको जनाएको छ ।

सोमवार असन्तुष्ट १० दल द्धारा जारी गरिएको विज्ञप्तीमा हस्ताक्षर गरेका राप्रपा नेपालका अध्यक्ष हरिलाल भट्टराइ मंगलबार स्थानिय विकास अधिकारी संग छलफल गरेपछी आफ्नो असन्तुष्टी फिर्ता लिएको जानकारी दिएका छन । श्रोतका अनुसार भट्टराईले भनेको दुइ वटा योजनामा बजेट छुट्याउन जिविस सहमत भए पछि उनले असन्तुष्टी फिर्ता लिएका हुन ।

यता जिल्ला विकास समितिले कसैले बहिस्कार गरे पनि जिल्ला परिषद नरोकिने जनाएको छ । निमित्त स्थानिय विकास अधिकारी सुर्यप्रशाद गौतमले जिविसले सबैलाइ सम्बोधन गर्ने गरि रकम विनियोजन गरेको बताउदै कसैको असन्तुष्टी भए छलफल गर्न सकिने तर जिल्ला परिषद तोकिएको समयमा नै सम्पन्न हुने बताए । राजनैतिक दलहरु प्रत्यक्ष सरोकारवाला नभए पनि आफुहरुले सबैको सहमती लिने प्रयास गरेको उनको भनाइ छ ।

यसै विच स्थानिय विकास अधिकारी विरामी जिल्ला परिषदको मुखैमा आएर स्थानिय विकास अधिकारी आत्माराम सत्याल विरामी परेका छन । विहिवार देखी सत्यालको छातीमा समस्या देखिए पछि उपचारको लागी शुक्रवार काठमाण्डौ लगिएको निमित्त स्थानिय विकास अधिकारी सुर्यप्रशाद गौतमले जानकारी दिएका छन । जिल्ला परिषदको सम्पुर्ण तयारी सत्यालकै उपस्थितीमा भएकोले वहांको अनपस्थीतीले परिषदलाई खासै असर नपर्ने गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी