मोहम्मद ईजहार शेष/असार २५, परासी । नवलपरासीको सरावल गाउँपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुमध्ये नेपाली कांग्रेस बाहेकका निर्वाचित प्रतिनिधिहरुले आज पद तथा गो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/असार २५, परासी । नवलपरासीको सरावल गाउँपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुमध्ये नेपाली कांग्रेस बाहेकका निर्वाचित प्रतिनिधिहरुले आज पद तथा गो"/>

2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा प्रमुख अतिथि बिबादले कांग्रेसका प्रतिनिधिले सपथ लिएनन्


मोहम्मद ईजहार शेष/असार २५, परासी । नवलपरासीको सरावल गाउँपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुमध्ये नेपाली कांग्रेस बाहेकका निर्वाचित प्रतिनिधिहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । 

बिना प्रमुख अतिथिको आयोजना भएको सपथ कार्यक्रममा नेपाल लोकतान्त्रिक फोरम , नेकपा एमाले र माओबादी केन्द्रका उमेदवारले सपथ लिएपनि नेपाली कांग्रेसका निर्वाचित प्रतिनिधिहरुले सपथ कार्यक्रममा अनुपस्थित भएका छन् । 

यस अघि सुक्रवार आयोजना गरीएको सपथ कार्यक्रममा प्रमुख अतिथिको बिबादका कारण कार्यक्रम स्थगित भएको थियो । सपथ कार्यक्रममा सरावल गाउँपालिकाको कार्यालयले प्रमुख अतिथिका लागि क्षेत्र नम्बर ५ का सांसद बिक्रम खनाललाई बोलाएको थियो भने निर्वाचित गाउपालिका प्रमुख राधेश्याम थारुले पुर्व रक्षाराज्य मन्त्री रामबचन यादवलाई बोलाएपछि बिबाद भई कार्यक्रम स्थगित भएको थियो । 

निर्वाचन अधिकृत टिकाराम ज्ञवालीको अध्यक्षतामा आज गाउँपालिका प्रमुख राधेश्याम चौधरी , वडा नम्बर १ , २ , ५ र ६ नेपाल लोकतान्त्रिक फोरमका प्रतिनिधि र वडा नम्बर ७ मा बिजयि माओबादी प्यानलका प्रतिनिधिले सपथ लिएका छन् । 

कार्यक्रममा फोरमका केन्द्रिय सदस्य अनिल गौंड र नेकपा एमालेकी राज्य कमिटि सदस्य भगौती भण्डारीले नवनिर्वाति प्रतिनिधिहरुका सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो । यता नेपाल लोकतान्त्रिक फोरमवाट निर्वाचित प्रमुख राधेश्याम चौधरीले कांग्रेसका प्रतिनिधिहरुलाई पनि सपथमा बोलाईएपनि अनुपस्थित भएको बताउनु भएको छ भने नेपाली कांग्रेसवाट उप प्रमुखमा निर्वाचित उत्तमा रायले फोरमले नियम मिचेर अघि बढिरहेकोले आफुहरु सपथमा सहभागि नभएको प्रतिक्रिया दिनु भएको छ ।  

प्रतिनिधिहरु निर्वाचित भएपछि सबै पार्टिका प्रतिनिधि भएपनि उक्त गाउँपालिकामा फोरम र कांग्रेस बिच तालमेलको अत्यन्त कमि देखिएको छ । यसरी जनताको आवश्यक्तता बुझेर काम गर्नुभन्दा उनिहरु पार्टिकै लडईामा कार्यकाल समाप्त पार्ने भन्दै स्थानीयहरु गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो