दान बहादुर बुढा/असार २५, मुगु । जिल्लाको खत्याड गाउँ पालिका वडा नम्बर ५ चाकपाँडे गाउँका एक स्थानीयवासी एक वर्ष यता देखि मृगौला रोगका कारण जिवन मरणको दोसाँधम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/असार २५, मुगु । जिल्लाको खत्याड गाउँ पालिका वडा नम्बर ५ चाकपाँडे गाउँका एक स्थानीयवासी एक वर्ष यता देखि मृगौला रोगका कारण जिवन मरणको दोसाँधम"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जिबन मरणको दोसाँधमा छन् मुगुका मृगौला रोगी चन्द्रबहादुर बुढा

२५ असार २०७४, आईतवार १३:२३


दान बहादुर बुढा/असार २५, मुगु । जिल्लाको खत्याड गाउँ पालिका वडा नम्बर ५ चाकपाँडे गाउँका एक स्थानीयवासी एक वर्ष यता देखि मृगौला रोगका कारण जिवन मरणको दोसाँधमा काठमाडौमा छटपटाइ  रहेका छन ।

साविकको खमाले गाविस र हालको खत्याड गाउा पालिका वडा नम्बर ५ चाकपाँडे गाउँका ४० वर्षीय चन्द्रबहादुर बुढा दुबै मृगौलाले काम गर्न छोडे पछि काठमाण्डौको बनस्थली स्थित राष्ट्रिय मृगौला रोग उपचार केन्द्रको शैयामा १५ महिना देखि सुति रहेका छन । 

बुढाको दुवै मृगौलाले काम गर्न छोडे पछि उनका परिवारजनरकाले उपचारका लागि काठमाण्डौ पु¥याएका थिए । सुरुमा डाईलासिस प्रविधिबाट उपचार गराउदैमा १५ लाख रकम सकिएको र अहिले मृगौला प्रत्यारोपण गर्नु पर्ने चिकित्सकले सल्लाह दिए पछि उनको परिवार रकम कसरी जुटाउने भन्ने पिरमा परेको छ । 

 एक वर्षसम्म घरमा भएको र ऋण सापट गरेर उपचार गर्दा १५ लाख रकम सकिएको तथा अहिले एक सुक्का रकम पनि कतैबाट निकाल्न नसकिने अवस्था आए पछि विरामी दाईलाई अस्पतालमा नै छोडेर सहयोग जुटाउन सदरमुकाम गमगढी आएको विरामी बढाका भाई रामबहादुर बुढाले बताए । एक  वर्षसम्म उपचार गर्दा गर्दा १५ लाख सकियो अहिले रकम छैन, अस्पतालले मृगौला प्रत्यारोपण गर्ने भनेको छ , मृगौला भाउजुले दिने भने पनि त्यसका लागि चाहिने उपचार खर्च छैन कतै बाट सहयोग पाउछु कि भने सदरमुकाममा आएको छु रामबहादुरले भने ।

सरकारले मृगौला प्रत्यारोपण निशुल्क गर्ने घोषणा गरे पनि त्यसका लागि चाहिने थप औषधी उपचारको झण्डै पाँच लाख लाग्न सक्ने उनले बताए । खेतीपाती नै मुख्य पेशा रहेको तथा अन्य आम्दानीका स्रोत केही नरहे पछि जेनतेन एक वर्षसम्म अस्पतालको शैयामा सुताएर दाईको जिवन बचाएका थियौ , अब त मृगौला प्रत्यारोण गर्दा दुई जनाको शल्यक्रिया गर्नु पर्छ खर्च खसरी जुटाउने भन्ने कुराले रातदिन सताउछ रामबहादुरको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए