दान बहादुर बुढा/असार २५, मुगु । जिल्लाको खत्याड गाउँ पालिका वडा नम्बर ५ चाकपाँडे गाउँका एक स्थानीयवासी एक वर्ष यता देखि मृगौला रोगका कारण जिवन मरणको दोसाँधम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/असार २५, मुगु । जिल्लाको खत्याड गाउँ पालिका वडा नम्बर ५ चाकपाँडे गाउँका एक स्थानीयवासी एक वर्ष यता देखि मृगौला रोगका कारण जिवन मरणको दोसाँधम"/>

2026-09-08 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जिबन मरणको दोसाँधमा छन् मुगुका मृगौला रोगी चन्द्रबहादुर बुढा


दान बहादुर बुढा/असार २५, मुगु । जिल्लाको खत्याड गाउँ पालिका वडा नम्बर ५ चाकपाँडे गाउँका एक स्थानीयवासी एक वर्ष यता देखि मृगौला रोगका कारण जिवन मरणको दोसाँधमा काठमाडौमा छटपटाइ  रहेका छन ।

साविकको खमाले गाविस र हालको खत्याड गाउा पालिका वडा नम्बर ५ चाकपाँडे गाउँका ४० वर्षीय चन्द्रबहादुर बुढा दुबै मृगौलाले काम गर्न छोडे पछि काठमाण्डौको बनस्थली स्थित राष्ट्रिय मृगौला रोग उपचार केन्द्रको शैयामा १५ महिना देखि सुति रहेका छन । 

बुढाको दुवै मृगौलाले काम गर्न छोडे पछि उनका परिवारजनरकाले उपचारका लागि काठमाण्डौ पु¥याएका थिए । सुरुमा डाईलासिस प्रविधिबाट उपचार गराउदैमा १५ लाख रकम सकिएको र अहिले मृगौला प्रत्यारोपण गर्नु पर्ने चिकित्सकले सल्लाह दिए पछि उनको परिवार रकम कसरी जुटाउने भन्ने पिरमा परेको छ । 

 एक वर्षसम्म घरमा भएको र ऋण सापट गरेर उपचार गर्दा १५ लाख रकम सकिएको तथा अहिले एक सुक्का रकम पनि कतैबाट निकाल्न नसकिने अवस्था आए पछि विरामी दाईलाई अस्पतालमा नै छोडेर सहयोग जुटाउन सदरमुकाम गमगढी आएको विरामी बढाका भाई रामबहादुर बुढाले बताए । एक  वर्षसम्म उपचार गर्दा गर्दा १५ लाख सकियो अहिले रकम छैन, अस्पतालले मृगौला प्रत्यारोपण गर्ने भनेको छ , मृगौला भाउजुले दिने भने पनि त्यसका लागि चाहिने उपचार खर्च छैन कतै बाट सहयोग पाउछु कि भने सदरमुकाममा आएको छु रामबहादुरले भने ।

सरकारले मृगौला प्रत्यारोपण निशुल्क गर्ने घोषणा गरे पनि त्यसका लागि चाहिने थप औषधी उपचारको झण्डै पाँच लाख लाग्न सक्ने उनले बताए । खेतीपाती नै मुख्य पेशा रहेको तथा अन्य आम्दानीका स्रोत केही नरहे पछि जेनतेन एक वर्षसम्म अस्पतालको शैयामा सुताएर दाईको जिवन बचाएका थियौ , अब त मृगौला प्रत्यारोण गर्दा दुई जनाको शल्यक्रिया गर्नु पर्छ खर्च खसरी जुटाउने भन्ने कुराले रातदिन सताउछ रामबहादुरको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ