2026-07-25 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सरकारी गाडीमा सांसदको सयर

सम्राट सिंह/ फागुन १६, बझाङ ।  जिल्लाका सरकारी कार्यालयका गाडीहरुमा यहाँ स्थित माननिय सांसदहरुको रजाई हुने गरेको छ । काठमाडौमा बस्ने माननिय सांसदहरु काठमाडौबाट बझाङ आउँदा होस या बझाङबाट काठमाडौ जाँदा सधै जिल्लाका सरकारी गाडिहरुको नै उपयोग गर्ने गरेका छन ।

यसरी कार्यालय प्रमुखहरुलाई बाध्यता गरी मनमर्जी गाडि प्रयोग हुँदा पनि यहाँको स्थानिय सरकारले यसलाई नियन्ँत्रण गर्न सकेको छैन ।
जिल्ला स्थित एक सरकारी कार्यालयका प्रमुखले नाम नखुलाउने सत्र्रमा भने माननिय जिल्लामा आउँदा होस वा जाँदा सरकारी गाडिको प्रयोग गर्नु राम्रो कुरा हैन गाडी माननियले लिँदा कार्यालयको कामकाजमा समेत असर पर्ने गरेको उनको भनाइ छ ।

बझाङ जिल्लाका प्रत्यक्ष निर्वाचित माननिय सांसद मान प्रसाद खत्री,लाल बहादुर रावल हुन वा समानुपातीक माननिय सांसद चन्द्रा जोशी,अफिलाल ओखेडा, जनक बुढा लगायत पूर्व मन्त्रीहरु जिल्लामा आउँदा जाँदा उनीहरुसबै सरकारी गाडी नै प्रयोग गर्ने गर्दछन ।
यसरी अनावश्यक रुपमा माननिय सांसद घरायसी काममा होस या अन्य पार्टीको कार्यक्रममा आउँदा जाँदा गाडि डिजेल,चालक भत्ता लगायत अन्य खर्च सरकारी कार्यालय बाटै बेहोर्नु पर्दा सरकारी कार्यालयमा भष्ट्राचार मौलाएको छ । सरकारी गाडिहरु सांसदहरुले आफ्नो निजि गाडी जस्तै प्रयोगगरेका छन् नागरिक समाजका अगुवा धर्मजंगसिंहले भने साँसदका छोराछोरी कार्यकर्ता श्रीमती आवत जावत गर्नु कहाँ लेखिएको छ ।

जिल्लामा कतै दैवि प्रकोप जस्ता समस्या परे गाडीदिन आनाकानी गर्छन उनले भने तर नेताहरुलाई यसरी गाडी दुरुपयोग गर्नु नेताहरुको चाकडी गर्नु जस्तै हो । आइतबार मात्रै निमित्त स्थानिय विकास अधिकारी सुर्य प्रकाश गौतम कार्यालय छोडेर जिविसको गाडिमा सांसद लाल बहादुर रावल र अफिलाल ओखेडालाई बोकेर धनगढी गएका छन ।

जिल्लामा आउँदा जाँदा प्रायजसो जिल्ला विकास, नगरपालिका, कृषि, शिक्षा, खानेपानी, सिचाँई, निर्वाचन लगायतका गाडीहरु नेताहरुले प्रयोग गर्ने गरेका र यसबर्ष मात्रै माननिय सांसदहरुले दश पटक भन्दा बढी आउन जान सरकारी प्रयोग गरिसकेका छन । कार्यालय प्रमुखहरुको गोष्ठी समारोह भएको अवसर पारेर सो समयमा माननिय हरु आउने जाने गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक