2026-06-30 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा भाइरल ज्वरोले हजारौ बिरामी

सम्राट सिंह/ फागुन १७, बझाङ । एक महिना अगाडि जिल्लाका केही गाविसहरुमा फाटफुट देखा परेको भाइरल ज्वरो अन्य गाविसमा फैलिदा हजारौ बिरामी परेका परेका छन ।

मौसम परिवर्तन सँगै फैलिएको भाइरल ज्वरोका कारण जयपृथ्वी नगरपालिका केही वडाहरुमा र दाँतोला, काँडा, रिलु, मष्टा, धमेना, भातेखोला, पाराकाट्ने, दंगार्जी, सुनिकोट, कैलास, कोटदेवल, देउलेक, स्याडी लगायतका झण्डै २५ गाविसका झण्डै ४ हजार भन्दा बढी बासिन्दाहरु भाइरल ज्वरोका कारण थला परेका हुन ।

bajhang news - sajha sabal

स्वास्थ्य संस्थामा औषधि नपाए पछि कोटदेवल गाविसबाट ९ जना भाइरल ज्वरोका बिरामी उपचारका लागि सदरमुकाम चैनपुर आएका छौ भाइरल ज्वरोकी बिरामी सरिता बोहराले बताइन् । सरकारले स्वास्थ्य चौकीहरुमा पनि औषधि पठाइ दिएको भए उपचारका लागि ३÷४ घण्टा हिँडेर सदरमुकाम धाउनुपर्ने थिएन उनले थपिन् ।
गाउँ घरका स्वास्थ्य चौकीहरुमा औषधि नपाइए पछि भाइरल ज्वरोका बिरामी विकट गाविसबाट दुई तिन दिन हिडेर सदरमुकामका स्वास्थ्य संस्था र मेडिकलहरुमा आउने गरेका छन । शुरुमा जोर्नी दुख्ने, खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षणहरु देखा पर्ने गरेको भाइरल ज्वरोका बिरामीको भनाइ छ ।

bajhang news -sajha sabal news
जिल्लामा भाइरल ज्वरोको प्रकोप बढिरहँदा जिल्लाका विकट गाविसमा संञ्चालित स्वास्थ्य चौकी वा प्राथमिक स्वास्थ्य चौकीहरुमा सिटामोल बाहेक अन्य औषधि अभाव भएको स्वास्थ्य चौकी इन्चार्जहरुले बताएका छन ।
भाइरल ज्वरोले अधिकांस बाल बालिका र बृद्घहरु ग्रसित भएका छन । उपचारका लागि दैनिक पन्ध्र÷बिस जना भाइरल ज्वरोका बिरामी जिल्ला अस्पताल आउने गरेको र भाइरल ज्वरोले थला परेका ८ जनालाई भर्ना गरी उपचार भइरहेको जिल्ला अस्पतालका डाक्टर पुर्ण घर्तीले बताए । उनले भने मौसम परिवर्तन हुने बेला भाइरल ज्वरोको प्रकोप देखिएको हो ।

जिल्ला अस्पताल बझाङको औषधि ढुवानीको ठेक्का पुस महिनामा नै स्विकृती भएतापनि ठेकदारले हालसम्म पनि औषधि नल्याउँदा औषधिको अभाव भएको हो । यसरी विकट हिमाली जिल्ला बझाङमा औषधि अभाव हुँदा पनि सरोकारवालाहरुको भने ध्यान जान सकेको छैन ।
फोटो क्याप्सन : जिल्ला अस्पताल बझाङमा उपचार गराउदै भाइरल ज्वरोका बिरामी/ तस्बीर: सम्राट सिंह

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ