४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

चोरीका गहना किन्दा प्रहरीको फन्दामा

१८ फाल्गुन २०७२, मंगलवार ११:००

सम्राट सिंह/ फागुन १८, बझाङ । चोरीका गहना किन्दा सोमबार सदमुकाम चैनपुरका दुई सुनचाँदी व्यवसायी प्रहरीको फन्दामा परेका छन । जयपृथ्वी नगरपालिका १५ छ्याला घर भएका सन्तोष महरबाट चोरीका गहना किन्दा न्यू बझाङ सुनचाँदी पसलका संञ्चालक दमन रसाइली र पूर्णागिरी सुनचाँदी पसलका संञ्चालक जीवन सुनार प्रहरीको फन्दामा परेका हुन ।

पसलमा सुनका गहना बेच्न आएपछि आफुहरुले बिना सोधपुछ नै किनियो पुर्णागिरीका संञ्चालक जीवन सुनारले भने बजारको दरभावमा नै गहना किनेको थिए बिना कारण दुःख पाइयो ।

bajhang

आइतबार सन्तोषकी आमा शिद्घकला देवी महरले घरबाट सुनका गहना चोरी भएपछि अनुसन्धानका लागि प्रहरी कहाँ निवेदन दिएकी थिइन् ।

निवेदन पछि प्रहरीले आफ्नै आमाका गर–गहना चोरी गरी सदरमुकाम चैनपुरमा बिक्री गर्ने १८ बर्षिय सन्तोष सँगै उनका साथी १६ बर्षिय बिनोद महर, १७ बर्षिय कलक विक, १६ बर्षिय किसन नेपाली र १६ बर्षिय इपक महर लाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेकोे थियो ।

जीवनले १ ग्राम ८ सय ४३ मिलिग्राम सुनको सिरबन्दी ७ हजार ५ सय मा र दमनले २ आना सुनका मुन्द्रा ३५ सयमा किनेको जनाएको छ ।

आमाका सुनका गहना चोरेर सन्तोषले सदरमुकामका सुनचाँदी पसलमा बिक्री गरेको जिल्ला प्रहरी कार्यालयकाम डियसपी लक्ष्मीराज अधिकारीले बताए । घटनाको थप अनुसन्धान भइरहेको र पिडितको माग अनुसार नै कारबार्हि प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।

फोटो क्याप्सन: प्रहरीले हतकडी हालेर सन्तोष र उनका साथीहरुलाई सुनका गहना बिक्री गरेको पसल देखाउन लगिदै । तस्बीर सम्राट सिंह / 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी