असाढ २६, कञ्चनपुर । नेपालका महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । 

ह्युमन प्यापिलोम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असाढ २६, कञ्चनपुर । नेपालका महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । 

ह्युमन प्यापिलोम"/>

2026-09-19 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अब कञ्चनपुरमा पनि महिलाको पाठेघर क्यान्सर परीक्षण गर्ने मेसिन


असाढ २६, कञ्चनपुर । नेपालका महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । 

ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)को सङ्क्रमणले हुने यो क्यान्सरबारे अझ पनि धेरै महिला अनभिज्ञ छन् । यसरी महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न र समयमै पत्ता लगाउन नेपाल परिवार नियोजन संघ कञ्चनपुरले हरेक शुक्रबार महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने व्यवस्था गरेको छ । 

जसको लागि दुई जना महिला डाक्टरको व्यवस्था पनि गरेको छ । पाठेघरको मुखमा केमिकल लगाएपछि देखा पर्ने रङका  आधारमा क्यान्सर भए नभएको जानकारी हुन्छ । यो केमिकल महगो पर्ने भए पनि चेक जाँच गरे वापत शुल्क मात्र रु ५०।– तोकिएको छ, तर गरिब असाहय र शुल्क तिर्न नसकनेको लागि निःशुल्क व्यवस्था पनि गरिएको छ । 

नेपालमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरले पीडित महिलाको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । पाठेघरको क्यान्सर बाट नेपालमा वर्षेनि १० प्रतिशत महिलामो मुत्यु हुने गरेको छ । 

यो निकै डरलाग्दो कुरा हो । क्यान्सर हुनुपूर्व नै पत्ता लगाउन सकिने भए पनि जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सर पीडित महिलाको संख्या बढ्दो क्रममा छ । 

१० वर्ष पछि हुने क्यान्सरको खतरा लाई समेत परीक्षणले देखाउने भएकाले समयमै सजगता अपनाउने हो भने यो क्यान्सरबाट बच्च सकिने नेपाल परिवार नियोजन संघका कार्यालय प्रमुख शिवराज सिंह वलायरले बताए । 

कञ्चनपुरको जनसंख्या ४५१२४८ रहेको छ । जसमध्ये उमेर पुगेका प्रजनन् महिलाको संख्या ९०२५० रहेको छ । २०१६मा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको ६०७ जना मध्ये ६ जना लाई पोजेटिभ देखिएको छ र तिनलाई थप रोकथाम उपचारको लागि काठमाडौं जाने सल्लाह परिवार नियोजन शाखा कञ्चनपुरले दिएको छ । 

२३ वर्ष भन्दा वा विहे गरेको ३ वर्ष पुरा भएका महिलाहरुलाई यो रोग लाग्ने बढी सम्भावना भएको हुनाले समयमै चेक जाँच गराई यसको रोकथाम गर्न सकिन्छ । 

प्रारम्भिक चरणको पाठेघरको मुखको क्यान्सरको उपचार गर्ने क्रयाथेरापी मशिन अडर भईसकेको छ र केही दिनमै कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित नेपाल परिवार नियोजन संघ बाट सेवा संचालन हुन गइरहेको कार्यालय प्रमुख वलायरले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो