९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बालकोटमा हत्या गरिएका बाबु–छाेराको अन्त्येष्टि, ८१ वर्षीय षडानन्दले दिए छोरा–नातिलाई दागबत्ती

१० पुष २०८१, बुधबार १५:१५

काठमाडौँ | आफ्नै छोरा र दाइद्वारा हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीणको मंगलबार राति अत्येष्टि गरिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान खोटाङका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण मृत भेटिएका थिए ।

उनीहरुको हत्या कुलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनबाट भएको स्वयं उनले स्वीकार गरिसकेका छन् ।

मृतकहरुलाई कुलप्रसादका ८१ वर्षीय बुबा षडानन्द आचार्यले दागबत्ति दिए । हिन्दु संस्कारको मृत्यु संस्कारअनुसार जेठो छोराका नाताले मिलनले नै दागबत्ति दिनुपर्ने हो । तर, परिवारका सबै उनीप्रति आक्रोशित भएका कारण त्यस्तो नगरिएको परिवारका एक सदस्यले  बताए ।

दाहसंस्कारपछि षडानन्द नरेफाँटस्थित मनहरास्थित किरियापुत्री भवनमा काममा बसेका छन् । कुलप्रसादकी पत्नी रेजिना पनि श्रीमानको किरियामा छिन् ।

खोटाङमा जिल्ला हुलाक कार्यालयको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका कुलप्रसादलाई कार्यालयले नै एउटा स्कुटी दिएको थियो ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउनका लागि सोही स्कुटी लिएर उनी शनिबार भक्तपुर आइपुगेका थिए । अनलाइन फारम भरेर ट्रायल दिने दिनको प्रतीक्षामा उनी बालकोटस्थित छोराहरु बस्ने डेरामै बसेका थिए ।

आइतबार राति मिलन आफैंले पकाएको मासु भात खाएर उनीहरु सुतेका थिए । सोमबार विहान मृत फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो