Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

निर्दोष महिलाले कुटाई खाएको एक महिना वित्यो तर आक्रमणकारी समातिएन

२७ असार २०७४, मंगलवार ०८:०७

बाग्लुङको निरहेघाटस्थित रामानुज आश्रममा विसौ वर्षदेखि बस्दै आएकी एक सन्त महिलालाई अज्ञात व्यक्तिले रातको समयमा आएर कुट्यो । कुटाइ खाएको एक महिना वित्दा पनि आक्रमणकारी अहिलेसम्म समातिएको छैन ।
एक महिना पहिले अज्ञात व्यक्तिको आक्रमणमा परी मराणासन्न घाइते भएकी पुरुषोत्तम आमा भनेर चिनिने ६५ वर्षीया पवित्रकला अझै पनि त्रसित मुद्रामा देखिन्छिन् । उनी रामानुज आश्रमको संचालक समेत हुन् । सानै उमेरमा विहे भएकी उनी १७ वर्षको छँदा भारतीय सेनामा कार्यरत लोग्नेको लडाइमा निधन भएपछि विधुवा बनेकी थिइन् । विधुवा भएपछि ईश्वरको खोज र चिन्तनमा डुव्दै जाँदा निरहेघाटमा आश्रम निर्माण गरी बस्न थालेकी हुन् ।
आश्रममा उनी लगायत ६, ७ जना अन्य सन्यासीनी महिलाहरु पनि बस्दै आएका छन् । आध्यात्मिक प्रवचन गर्नु, साधुसन्तको सेवा जस्तो सत्कर्म गर्दै आएकी पवित्रकला कुनै दोष विना नै आक्रमणको शिकार बनेकी छन् ।
जीवनभर भगवान् हरिनारायणको नाम जपेर साधु जीवन विताउदै आएकी उनलाई कसले र किन कुट्यो भन्ने कुरा रहस्यमयी बनेको छ । प्रहरी कार्यालय बाग्लुङले आक्रमणकारीको खोजी कार्य जारी राखेको भने पनि पक्राउ गर्न सकेको छैन । गत जेष्ठ २७ गते राती करीव २ बजेको समयमा आश्रम भित्र रहेको पुरुषोत्तम आमा बस्ने कोठामा प्रवेश गरी अज्ञात व्यक्तिले आक्रमण गरेको थियो । आक्रमणकारीको आक्रमणमा परी उनी गंम्भीर घाइते भएकी थिईन् । उनको मुहारमा गंम्भीर चोट लागेपछि उपचारका लागि पोखरा मणिपाल अस्पतालमा लगिएको थियो । करीव १५ दिन अस्पतालको उपचारपछि उनी आश्रम फर्किएकी हुन् ।
पीडित आमाका अनुसार आक्रमणकारीले मास्क लगाएका कारण उनले पहिचान गर्न सकिनन् । पुरुषोत्तम आमा घटना घटेको रातको त्यो डरलाग्दो दिन यसरी सम्झिन्छिन्–‘रातीको समय थियो । म कोठाको खाटमा सुतेकी थिए । अचानक बाहिरको मेन स्वीच अफ गरेको आवाज सुने । कोठामा बलिरहेको बत्ती निभेको थियो । बाहिर हेर्दा मोवाइलको मधुरो उज्यालो देखिन्थ्यो । एक्कासी मेरो कोठाको ढोकामा धकेलेको आवाज आयो ।

मैले पुजारी गोविन्दको नाम लिदै गोविन्द के गरेको भने तर उनी रहेन्छन् । यति नै बेला ढोका बाहिरबाट अज्ञात व्यक्तिले मेरो घाँटी अठाउन खोज्यो । मलाई मुहारमा आक्रमण ग¥यो । मैले पनि बाँया हातले उसको घाँटी समाते । करीव १५ मिनेट जति घम्साघम्सी भइ रह्यो । यो समयमा पनि मैले हरिनारायणको नाम जपि नै राखेकी थिए । मेरो आवाजलाई आश्रमका अरु कसैले पनि सुनेका रहेन्छन् । पछि आक्रमण गर्ने व्यक्ति भाग्यो ।’
अज्ञात आक्रमणकारीको आक्रमणमा परेकी उनी रगताम्य थिइन् । आक्रमणकारीले उनलाई पिठ्युँमा सूई लगाउन खोजेको थियो । आक्रमण हुँदाको समयमा पुरुषोत्तम आमा ढोका भित्रपट्टि थिइन् भने आक्रमणकारी बाहिर नै थियो । रगताम्य भई घाइते भएकी उनलाई उपचारका लागि पहिले बाग्लुङ अंचल अस्पताल पुराइयो तर त्यहाँ उपचार संम्भव नभएपछि पोखरा लगिएको थियो । उपचार पछि केहीहदसम्म निको भई अहिले उनी आश्रममा फर्केको एक हप्ता भइसकेको छ ।

कालीगण्डकी नदीको किनारा बाग्लुङ नगरपालिका ४ मा पर्ने शान्त, एकान्त र पवित्र स्थान निरहे घाटमा बस्दै आएकी पुरुषोत्तम आमा अहिलेसम्म शान्त बन्न सकेकी छैनन् । मुटुको औषधि खादै गरेकी उनी सोही घटनाले घरीघरी झस्किन्छिन् । मनमा भगवान् हरिको नाम जप्दै गर्दा पनि आक्रमणकारी पक्राउ पर्न नसक्दा फेरि त्यस्तै कहालीलाग्दो घटना भोग्न पर्ने त हैन भन्ने मनमा आशंका पाल्न उनी बाध्य छिन् । उनी भन्छिन्–‘आक्रमणकारीको खोजी हुनुपर्छ । यस्तो घटना दोहोरिन नपाओस् । अरु कसैलाई पनि यस्तो दुःख झेल्न नपरोस् ।’
आक्रमणकारीले कुन उद्देश्यले महिलालाई आक्रमण ग¥यो भन्ने कुरा रहस्यमयी बनेको छ । पीडितको घाँटीमा झुण्डिएको सिक्री र अन्य कुनै भौतिक सामाग्री अज्ञात व्यक्तिले लगेको छैन । घटनास्थलमा आक्रमणकारीले प्रयोग गरेको मास्क र टेप भेटिएको थियो । पीडितका अनुसार पीडितको मुख र आँखामा लगाउन आक्रमणकारीले टेपको प्रयोग गरेको थियो ।
यो घटनाबारे जिज्ञासा राख्दा प्रहरी कार्यालय बाग्लुङका डिएसपी अनिल कुमार खड्काले अनुसन्धान जारी रहेको तर आक्रमणकारी पक्राउ परी नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु