Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-07-24 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

निर्दोष महिलाले कुटाई खाएको एक महिना वित्यो तर आक्रमणकारी समातिएन

बाग्लुङको निरहेघाटस्थित रामानुज आश्रममा विसौ वर्षदेखि बस्दै आएकी एक सन्त महिलालाई अज्ञात व्यक्तिले रातको समयमा आएर कुट्यो । कुटाइ खाएको एक महिना वित्दा पनि आक्रमणकारी अहिलेसम्म समातिएको छैन ।
एक महिना पहिले अज्ञात व्यक्तिको आक्रमणमा परी मराणासन्न घाइते भएकी पुरुषोत्तम आमा भनेर चिनिने ६५ वर्षीया पवित्रकला अझै पनि त्रसित मुद्रामा देखिन्छिन् । उनी रामानुज आश्रमको संचालक समेत हुन् । सानै उमेरमा विहे भएकी उनी १७ वर्षको छँदा भारतीय सेनामा कार्यरत लोग्नेको लडाइमा निधन भएपछि विधुवा बनेकी थिइन् । विधुवा भएपछि ईश्वरको खोज र चिन्तनमा डुव्दै जाँदा निरहेघाटमा आश्रम निर्माण गरी बस्न थालेकी हुन् ।
आश्रममा उनी लगायत ६, ७ जना अन्य सन्यासीनी महिलाहरु पनि बस्दै आएका छन् । आध्यात्मिक प्रवचन गर्नु, साधुसन्तको सेवा जस्तो सत्कर्म गर्दै आएकी पवित्रकला कुनै दोष विना नै आक्रमणको शिकार बनेकी छन् ।
जीवनभर भगवान् हरिनारायणको नाम जपेर साधु जीवन विताउदै आएकी उनलाई कसले र किन कुट्यो भन्ने कुरा रहस्यमयी बनेको छ । प्रहरी कार्यालय बाग्लुङले आक्रमणकारीको खोजी कार्य जारी राखेको भने पनि पक्राउ गर्न सकेको छैन । गत जेष्ठ २७ गते राती करीव २ बजेको समयमा आश्रम भित्र रहेको पुरुषोत्तम आमा बस्ने कोठामा प्रवेश गरी अज्ञात व्यक्तिले आक्रमण गरेको थियो । आक्रमणकारीको आक्रमणमा परी उनी गंम्भीर घाइते भएकी थिईन् । उनको मुहारमा गंम्भीर चोट लागेपछि उपचारका लागि पोखरा मणिपाल अस्पतालमा लगिएको थियो । करीव १५ दिन अस्पतालको उपचारपछि उनी आश्रम फर्किएकी हुन् ।
पीडित आमाका अनुसार आक्रमणकारीले मास्क लगाएका कारण उनले पहिचान गर्न सकिनन् । पुरुषोत्तम आमा घटना घटेको रातको त्यो डरलाग्दो दिन यसरी सम्झिन्छिन्–‘रातीको समय थियो । म कोठाको खाटमा सुतेकी थिए । अचानक बाहिरको मेन स्वीच अफ गरेको आवाज सुने । कोठामा बलिरहेको बत्ती निभेको थियो । बाहिर हेर्दा मोवाइलको मधुरो उज्यालो देखिन्थ्यो । एक्कासी मेरो कोठाको ढोकामा धकेलेको आवाज आयो ।

मैले पुजारी गोविन्दको नाम लिदै गोविन्द के गरेको भने तर उनी रहेन्छन् । यति नै बेला ढोका बाहिरबाट अज्ञात व्यक्तिले मेरो घाँटी अठाउन खोज्यो । मलाई मुहारमा आक्रमण ग¥यो । मैले पनि बाँया हातले उसको घाँटी समाते । करीव १५ मिनेट जति घम्साघम्सी भइ रह्यो । यो समयमा पनि मैले हरिनारायणको नाम जपि नै राखेकी थिए । मेरो आवाजलाई आश्रमका अरु कसैले पनि सुनेका रहेन्छन् । पछि आक्रमण गर्ने व्यक्ति भाग्यो ।’
अज्ञात आक्रमणकारीको आक्रमणमा परेकी उनी रगताम्य थिइन् । आक्रमणकारीले उनलाई पिठ्युँमा सूई लगाउन खोजेको थियो । आक्रमण हुँदाको समयमा पुरुषोत्तम आमा ढोका भित्रपट्टि थिइन् भने आक्रमणकारी बाहिर नै थियो । रगताम्य भई घाइते भएकी उनलाई उपचारका लागि पहिले बाग्लुङ अंचल अस्पताल पुराइयो तर त्यहाँ उपचार संम्भव नभएपछि पोखरा लगिएको थियो । उपचार पछि केहीहदसम्म निको भई अहिले उनी आश्रममा फर्केको एक हप्ता भइसकेको छ ।

कालीगण्डकी नदीको किनारा बाग्लुङ नगरपालिका ४ मा पर्ने शान्त, एकान्त र पवित्र स्थान निरहे घाटमा बस्दै आएकी पुरुषोत्तम आमा अहिलेसम्म शान्त बन्न सकेकी छैनन् । मुटुको औषधि खादै गरेकी उनी सोही घटनाले घरीघरी झस्किन्छिन् । मनमा भगवान् हरिको नाम जप्दै गर्दा पनि आक्रमणकारी पक्राउ पर्न नसक्दा फेरि त्यस्तै कहालीलाग्दो घटना भोग्न पर्ने त हैन भन्ने मनमा आशंका पाल्न उनी बाध्य छिन् । उनी भन्छिन्–‘आक्रमणकारीको खोजी हुनुपर्छ । यस्तो घटना दोहोरिन नपाओस् । अरु कसैलाई पनि यस्तो दुःख झेल्न नपरोस् ।’
आक्रमणकारीले कुन उद्देश्यले महिलालाई आक्रमण ग¥यो भन्ने कुरा रहस्यमयी बनेको छ । पीडितको घाँटीमा झुण्डिएको सिक्री र अन्य कुनै भौतिक सामाग्री अज्ञात व्यक्तिले लगेको छैन । घटनास्थलमा आक्रमणकारीले प्रयोग गरेको मास्क र टेप भेटिएको थियो । पीडितका अनुसार पीडितको मुख र आँखामा लगाउन आक्रमणकारीले टेपको प्रयोग गरेको थियो ।
यो घटनाबारे जिज्ञासा राख्दा प्रहरी कार्यालय बाग्लुङका डिएसपी अनिल कुमार खड्काले अनुसन्धान जारी रहेको तर आक्रमणकारी पक्राउ परी नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक