2026-09-12 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जलेश्वर– जनकपुर सडकखण्ड फेरि अवरुद्ध

असार २७, गौशाला । महोत्तरी जिल्लामा तीन/चार दिनदेखि अविरल परेको पानीका कारण जिल्लाको मुख्य बाटो जलेश्वर– जनकपुर सडकखण्ड फेरि अवरुद्ध भएको छ । 

रातदिन लगातार परेको भीषण वर्षाका कारण जिल्लाका जलेश्वर–जनकपुरसहित जलेश्वर–मटिहानी, जलेश्वर–भिठ्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायत बाटो पटक पटक अवरुद्ध हुँदै आएकामा आज बिहानैदेखि ती बाटामा यातायात पुनः ठप्प भएका छन् । 

जिल्लाका प्रायः सबै बाटामा स्तरोन्नतिका काम भइरहेका कारण ठाउँ ठाउँमा ठूलाठूला खाल्डाखुल्डी बनी पानी जमेर यातायातका सबै साधन ठप्प भएका छन् । 

सबै बाटामा खाल्डाखुल्डी बनी पानी जमेर यातायातका साधन फस्ने र दुर्घटना हुने सम्भावना बढेका कारण जिल्लाका सबै बाटा आज बिहानैदेखि पुनः बन्द भएका छन् । 

वर्षाका कारण हिलो र पानी जमेर कुनै पनि बाटामा बस, जिप, ट्यांकर, ट्रक, टेम्पु, अटोरिक्सा र मोटरसाइकलसमेत चलाउने अवस्था पनि छैन । जिल्लाका रातु, जंघा, मरहा, अङ्कुशी, मरहा, भब्सी, बाँकेलगायत नदीमा पनि बाढी आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता