१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

चार जना शिक्षकसहित बाह्र जुवाडे रङ्गेहात पक्राउ

२३ फाल्गुन २०७२, आईतवार १२:३६

सम्राट सिंह/फागुन २३, बझाङ । सदरमुकाम चैनपुर बजारको एक होटलमा जुवा खेलिरहेको अवस्थामा ४ शिक्षक सहित १२ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

जयपृथ्वी नगरपालिका ४ चैनपुरमा होटल संञ्चालन गर्दै आएका बिर बहादुर कँुवर सहित १२ जना जुवाडेलाई शनिबार साँझ नगद २ लाख ४५ हजार सहित प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय चैनपुरको टोलीले होटल संञ्चालक कँवरको मष्टा होटलबाट म्यारिज खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शनिवार साँझ होटल साहु विर बहादुर कँुवर, भुवन खड्का, सेर बहादुर खड्का, गोरखराज उपाध्याय र सन्जिप परियार सैनपसेलाका सुरज दौल्याल कडेलका गगन कठायत, सुर्य कठायत र मान बहादुर कठायत , दौलीचौरका मान बहादुर बोहरा, सुनिकोटका गगन धामी र दान बहादुर कुँवरलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारीले बताए ।

उनले भने पक्राउ परेका सबैलाई आइतबार जुवा ऐन अनुसार मुद्घा दर्ता गरी १० दिनका लागि म्याद थप गरेको छ । मान बहादुर कठायत सन्तोष निमावि कडेल, सुर्य कठायत इश्वर निमावि दौलिचार, गगन कठायत दौलिचौर मावि र गोरख राज उपाध्याय कालिका प्रावि गोलाईमा कार्यरत शिक्षक रहेको समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु