२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

विश्व जनसंख्या दिवस डडेल्धुरा पनि मनाइयो

२०७४, २७ असार मंगलवार १४:३४

असार २७, डडेल्धुरा । विश्व जनसंख्या दिवस, ११ जुलाई अर्थात मंगलबार विश्वभर बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

 ‘व्यवस्थित परिवार समृद्ध राष्ट्रको आधार’ भने मुल नाराका साथ यो दिवस डडेल्धुरामा पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाईएको हो ।

 सन १९८९ ग्ल्म्ए को गभरनिङ काउन्सीलले ११ जुलाईलाई विश्वको जनसंख्या दिवसको रुपमा मनाउन शिफारीस गरेको थियो ।

 २१ डिसेम्बर १९९० मा संयुक्त राष्ट्रसंघको महासभाले प्रस्ताब नम्बर ४५ र २ सय १६ मार्फत विश्व जनसंख्या दिवस र यसका गतिविधिहरुलाई नियमितता दिई जनसांख्यिक गतिविधिका मुद्धाहरु र यसको वातावरण र विकास संगको अन्तरसम्बन्ध बारेमा जनचेतना गराउने निर्णय गरेको थियो ।

यस बर्ष व्यवस्थित परिवार बनाउन परिवार नियोजनका साधनहरु लगायतका बारेमा डडेल्धुरामा छलफल गरिएको जिल्ला समन्वय समिति डडेल्धुराले जनाएको छ ।

नेपालमा विवाहित महिला मध्ये ५३ प्रतिशतले परिवार नियोजको साधन अपनाई रहेका छन् भने ६९ प्रतिशत माग पूर्ति भैरहेको यो क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले एक प्रतिवेदनमा देखाएको छ ।

 डडेल्धुरामा परिवार नियोजनका साधनको प्रयोग दर ३५ प्रतिशत मात्र रहेको जनाएको छ । भने दशमा ३ जनालाई पुगेको छैन । कार्यक्रमको आज बिहान ८ बजेबाट रेडियो युनिटीले प्रत्यक्ष प्रशारण समेत गरेका थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला