2026-09-19 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

जिप भेटियो, मान्छे भेटिएनन्

असार २७, पाल्पा । तीन दिनअघि पाल्पाको तिनाउ खोलाले बगाएको जिप मंगलबार भेटिए पनि त्यसमा सवार चारजना यात्रु अझै भेटिएका छैन् । 

तिनाउ खोलामा आएको बाढीले आइतबार लु१ज १७१२ नम्बरको जिप बगाउँदा त्यसमा सवार दुई महिला र दुई पुरुष बेपत्ता भएका थिए । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा जिपलाई खोलाबाट बाहिर निकालिएको भएपनि त्यसमा सबार चारै जना यात्रु फेला पर्न सकेको छैन् । 

नेपाली प्रहरी र सशस्त्र प्रहरीले तिनाउ खोलाको आसपासका क्षेत्रबाट यात्रुको खोजी कार्य जारी राखेको छ । सोमबारदेखि नै प्रहरीका तीन वटा टोली खोजी कार्यमा परिचालन भएको छ । चरचरे, झुम्सा र अमलेनमा क्षेत्रमा सो प्रहरी टोलीले खोजी कार्य गरिरहेकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । 

बेपत्ता हुनेमा पाल्पा तानसेन नगरपालिका भुसलडाडाका २६ वर्षीय उषा श्रेष्ठ, माथागढी गाउँपालिका–१ का २३ वर्षीय तिलवीर गाहा, सोही स्थानका ४३ वर्षीय माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कुँवर मगर रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई