२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

जिप भेटियो, मान्छे भेटिएनन्

२७ असार २०७४, मंगलवार १५:४३

असार २७, पाल्पा । तीन दिनअघि पाल्पाको तिनाउ खोलाले बगाएको जिप मंगलबार भेटिए पनि त्यसमा सवार चारजना यात्रु अझै भेटिएका छैन् । 

तिनाउ खोलामा आएको बाढीले आइतबार लु१ज १७१२ नम्बरको जिप बगाउँदा त्यसमा सवार दुई महिला र दुई पुरुष बेपत्ता भएका थिए । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा जिपलाई खोलाबाट बाहिर निकालिएको भएपनि त्यसमा सबार चारै जना यात्रु फेला पर्न सकेको छैन् । 

नेपाली प्रहरी र सशस्त्र प्रहरीले तिनाउ खोलाको आसपासका क्षेत्रबाट यात्रुको खोजी कार्य जारी राखेको छ । सोमबारदेखि नै प्रहरीका तीन वटा टोली खोजी कार्यमा परिचालन भएको छ । चरचरे, झुम्सा र अमलेनमा क्षेत्रमा सो प्रहरी टोलीले खोजी कार्य गरिरहेकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । 

बेपत्ता हुनेमा पाल्पा तानसेन नगरपालिका भुसलडाडाका २६ वर्षीय उषा श्रेष्ठ, माथागढी गाउँपालिका–१ का २३ वर्षीय तिलवीर गाहा, सोही स्थानका ४३ वर्षीय माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कुँवर मगर रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य