२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

तीनकरोड भन्दा बढीको जग्गा दिने नुवाकोटका दाता सम्मानित

२८ असार २०७४, बुधबार ०३:२९

असार २८, नुवाकोट । सशस्त्र दशवर्षे द्वन्द्व र भूकम्पले क्षति पुगेका यहाँको प्रहरी युनिटको पुनःनिर्माण गर्न जग्गा दान दिएका आठ दातालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले सम्मान गरेको छ । 

आफ्नो जग्गा नभएको तर कार्यालय निर्माणका लागि बजेट विनियोजित भएर आएपछि भवन निर्माणमा सहयोग पु¥याउन जग्गादान गर्नुभएका आठ दातालाई नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जिल्ला प्रहरी कार्यालयमा मङ्गलबार आयोजित विशेष कार्यक्रम बीच प्रशंसापत्रले सम्मान गर्नुभयो । 

भूकम्पपछिको पुनःनिर्माण अभियानमा यहाँका ११ वटा प्रहरी युनिटको पुनःनिर्माणअन्तर्गत आठवटा प्रहरी युनिटका भवन दाताले दिएको जग्गामा निर्माण भइरहेका छन् । 

जग्गा दान दिएर सम्मानित हुनेमा इलाका प्रहरी कार्यालय ढिकुरेलाई जग्गा दिने निर्मला गुरुवाचार्य, प्रहरी चौकी फिकुरीलाई जग्गा दिने देवनाथ भट्ट, प्रहरी चौकी पाटीभञ्ज्याङलाई जग्गा दिने तिलकुमारी विष्ट, प्रहरी चौकी झिल्टुङ्गलाई जग्गा दिने गोपिनी घिमिरे, प्रहरी चौकी तारुकालाई जग्गा दिने उत्तरकुमार अधिकारी, प्रहरी चौकी किम्ताङ्गका लागि जग्गा दिने न्युलाली गुराँस युवा क्लब, अस्थायी प्रहरी पोष्ट छहरेका लागि जग्गा दिने रामकुमार लामिछाने र दिलीप भट्टराई रहनुभएको छ । 

आठजना दाताले दिएको जग्गा करिब १८ रोपनी रहेको छ भने त्यसको मूल्य रु तीन करोडभन्दा बढीको छ । 

तत्कालीन समयमा चलेको नेकपा (माओवादी)को सशस्त्र १० वर्षे युद्धमा ध्वस्त बनेका तथा भूकम्पले क्षति पु¥याएका भवन निर्माणमा नागरिकको सहयोगले मातहतका प्रहरी युनिट स्थापना गर्न पु¥याएको भूमिकाको प्रशंसा गर्दै अहिले निर्माण भइरहेका भवनलाई गुणस्तरीय बनाउन र तोकिएको समयमै पूरा गर्नदेखि समुदायमा शान्तिसुरक्षा स्थापनामा समन्वयकारी भूमिका निर्वाह गर्न प्रहरी प्रमुख बोहराले आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान