असार २८, कपिलवस्तु । आकाशे पानी पर्न थालेपछी कपिलवस्तुमा २० प्रतिशत धान रोपाइँ भएको छ ।

सिँचाई सुविधा उपलब्ध रहेका र पर्याप्त मात्रामा आकाशे पानी परेको क्षेत्रमा धमाधम धान रोपाइँ भैरहेको कृषि कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तुको दक्षिणभेगका तौहिलहवा, निग्लीहवा, जहदी, गोटिहवा, विजगौरी, धनकौली लगायतका ठाउँमा रोपाइँ भैरहेको कृषि कार्यालयका प्रमुख राकेशकुमार ओझाले जानकारी दिनुभयो । यस्तै जिल्लाको बनगाई, जितप्र, गजेहडा, लगाएतका स्थानमा पनि यतिबेला धामाधम रोपाई भैरहेको छ । करिव एक सातादेखी परेको पानीले आकशे पानीको भरमा धान रोप्ने किसानहरु धान रोपाईमा ब्यस्त भएका हुन् ।

कपिलवस्तुमा धान खेती हुने कुल ७२ हजार हेक्टर जग्गा मध्ये अहिलेसम्म २० प्रतिशत जग्गामा धान रोपाइँ भएको प्रमुख ओझाले बताउनु भयो । पर्याप्त पानी नपर्दा र धानको विउ ढिलो छरेका कारण जिल्लाको परिश्चमी क्षेत्रका धेरै क्षेत्रमा भने निकै कम जग्गामा धान रोपाइँ भएको छ ।

मानो रोपी मुरी उब्जाउने समय अषार भएकाले यतिबेला अधिकांश किसानहरु खेतमा ब्यस्त छन् । अहिले समयमै पानी परेका कारण धान रोपेर सकियो गजेहडाका कृषक माया केसीले भन्नु भयो ।

वाणगंगामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जोन सञ्चालन भएकाले पनि किसानलाई सिंचाईमा केहि सहज भएको कार्यलयका प्रमुख राकेश कुमार ओझाले बताउनु भयो । दिपा महतको सहयोगमा

Related News