८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ लिटर पेट्रोलले केपी ओलीको आलोचना !

१६ पुष २०८१, मंगलवार १३:५१

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा मानिस भेला गराउन पेट्रोल बाँडिएको विषयले सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली आइतबार पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए। उनी सरकारी हेलिकोप्टरमार्फत उक्त कार्यक्रममा पुगेका थिए।

कार्यक्रममा सहभागी संख्या बढाउन गाउँगाउँमा पेट्रोल वितरण गरिएको थियो। प्रत्येक मोटरसाइकललाई २ लिटर पेट्रोलको कुपन उपलब्ध गराइएको थियो। गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जैसवाललाई पार्टीमा भित्र्याउन आयोजित कार्यक्रममा झण्डै ५ हजार मानिसलाई पार्टी प्रवेश गराउने योजना बनाइएको थियो। तर, सार्वजनिक भएका तस्बिर र भिडियोले भने कार्यक्रममा खासै ठूलो भीड देखिएको थिएन।

सोही क्रममा, बिन्दवासिनी गाउँपालिका–२ स्थित बहुअर्वा चोकको पेट्रोल पम्पमा पेट्रोल हाल्नको लागि लागेको भिडका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन्। यस्ता तस्बिर र भिडियो सेयर गर्दै धेरैले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन्।

पछिल्लो समय नेपालको निर्वाचन प्रणाली खर्चिलो बनेको र यसले विकृति बढाएको भन्दै विभिन्न प्रश्न उठिरहेका छन्। संघीय निर्वाचनदेखि स्थानीय तहसम्म कार्यकर्तालाई रकम बाँड्नुपर्ने, मासुभात र मदिरा वितरण गर्नुपर्ने, र मानिस जुटाउन तेल बाँड्नुपर्ने जस्ता विकृतिहरू झन् गहिरिँदै गएको देखिन्छ। यस्तो अवस्थामा प्रधानमन्त्रीकै कार्यक्रममा पेट्रोल बाँडिएको खबरले आलोचना थपेको छ।

गत बुधबार मात्र पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावलको संगठित सदस्यता खोस्ने निर्णय गरेका ओलीले स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई ६ महिनाका लागि निलम्बन गरेका थिए। पार्टीमा लामो समयदेखि योगदान दिएका नेताहरूलाई हटाउँदै, नयाँ नेताहरूलाई भित्र्याउन हेलिकोप्टरमा उडेर कार्यक्रममा पुगेका ओलीले थप विवाद निम्त्याएका छन्।

एकातिर वर्षैादेखि पार्टीमा दुख गरेका नेताहरुलाई गलहत्याउने र अर्कोतिर कार्यक्रमलाई सफल बनाउन पेट्रोल बाँडेको घटनाले सामाजिक सञ्जालमा उनको छवि अझै कमजोर बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ