२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ लिटर पेट्रोलले केपी ओलीको आलोचना !

२०८१, १६ पुष मंगलवार १३:५१

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा मानिस भेला गराउन पेट्रोल बाँडिएको विषयले सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली आइतबार पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए। उनी सरकारी हेलिकोप्टरमार्फत उक्त कार्यक्रममा पुगेका थिए।

कार्यक्रममा सहभागी संख्या बढाउन गाउँगाउँमा पेट्रोल वितरण गरिएको थियो। प्रत्येक मोटरसाइकललाई २ लिटर पेट्रोलको कुपन उपलब्ध गराइएको थियो। गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जैसवाललाई पार्टीमा भित्र्याउन आयोजित कार्यक्रममा झण्डै ५ हजार मानिसलाई पार्टी प्रवेश गराउने योजना बनाइएको थियो। तर, सार्वजनिक भएका तस्बिर र भिडियोले भने कार्यक्रममा खासै ठूलो भीड देखिएको थिएन।

सोही क्रममा, बिन्दवासिनी गाउँपालिका–२ स्थित बहुअर्वा चोकको पेट्रोल पम्पमा पेट्रोल हाल्नको लागि लागेको भिडका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन्। यस्ता तस्बिर र भिडियो सेयर गर्दै धेरैले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन्।

पछिल्लो समय नेपालको निर्वाचन प्रणाली खर्चिलो बनेको र यसले विकृति बढाएको भन्दै विभिन्न प्रश्न उठिरहेका छन्। संघीय निर्वाचनदेखि स्थानीय तहसम्म कार्यकर्तालाई रकम बाँड्नुपर्ने, मासुभात र मदिरा वितरण गर्नुपर्ने, र मानिस जुटाउन तेल बाँड्नुपर्ने जस्ता विकृतिहरू झन् गहिरिँदै गएको देखिन्छ। यस्तो अवस्थामा प्रधानमन्त्रीकै कार्यक्रममा पेट्रोल बाँडिएको खबरले आलोचना थपेको छ।

गत बुधबार मात्र पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावलको संगठित सदस्यता खोस्ने निर्णय गरेका ओलीले स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई ६ महिनाका लागि निलम्बन गरेका थिए। पार्टीमा लामो समयदेखि योगदान दिएका नेताहरूलाई हटाउँदै, नयाँ नेताहरूलाई भित्र्याउन हेलिकोप्टरमा उडेर कार्यक्रममा पुगेका ओलीले थप विवाद निम्त्याएका छन्।

एकातिर वर्षैादेखि पार्टीमा दुख गरेका नेताहरुलाई गलहत्याउने र अर्कोतिर कार्यक्रमलाई सफल बनाउन पेट्रोल बाँडेको घटनाले सामाजिक सञ्जालमा उनको छवि अझै कमजोर बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै