2026-09-19 11:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी जिल्ला अदालतद्वारा ९० प्रतिशत मुद्दा फैसला फर्छैट

सास/असार २८, बैतडी । जिल्ला अदालत बैतडीले आर्थिक वर्ष २०७३/०७४ मा परेका मुद्दा ९० दशमलव ३६ प्रतिशत फर्छैट गरेको छ ।

यो वर्ष परेका विभिन्न प्रकृतिका ७३ र गत वर्ष फैसला नभएका १० मुद्दा गरी ८३ ममुद्दामध्ये ७५ मुद्दाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार अधिकृत राईभान कुन्जेडाले बताए ।

चार अंश मुद्दा, जवरजस्ती करणी, सरकारी छाप किर्ते, समूहमा दर्ता गरी पाउँ, गाली बेइज्यती एकएक  गरी आठमुद्दा फैसला हुन बाँकी रहेका छन् । छिटो छरितो, सर्वशुलभ न्याय दिन अदालतले विगतका वर्षभन्दामुद्दाको फैसला छिटो गर्न थालेको  श्रेस्तेदार अधिकृत  कुन्जेडाले बताए ।

बुधबार  जिल्ला अदालतमा पत्रकार सम्मेलन गर्दे जिल्ला न्यायाधीश धु्रवकुमार शाहले न्यायालयको पञ्चवर्षिय रणनिति अनुसार समयमै मुद्दाको फैसला गर्ने गरेको जानकारी दिए । बाँकी रहेका मुद्दा पनि आजभोली नै परेकाले अदालती प्रकृया अनुसार अंग नपुगेकाले फैसला हुन नसकेको न्यायाधीश शाहले बताए ।

यो वर्ष सबै भन्दा बढी अंश मुद्दा परेका थिए । अंश मुद्दा ३३ सम्बन्धविच्छेद १० जवरजस्ती करणीका पाँच मुद्दा परेका थिए । गत आर्थिक वर्ष २०७२/०७३ मा ८३ मुद्दा परेका थिए । तीमध्ये ६२ मुद्दा फैसला गरिएको जिल्ला अदालतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह