पढ्न करिब 1 मिनेट लाग्छ

असार २८, पर्सा । सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको बहुदरामाइ गाउँपालिका वडा नं ६ का वडा सचिव दीपक खनाललाई आज पक्राउ गरेको छ ।

आयोग क्षेत्रीय कार्यालय मकवानपुरबाट खटिएको टोलीले सेवाग्राहीलाई आप्mनो डेरामा बोलाएर खनालले रु ३० हजार घुस लिँदै गरेको अभियोगमा पक्राउ गरिएको आयोगका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

बाल विकास कोषको रु ९२ हजार निकासा गर्न सामाजिक परिचालक सतार मियाँसँग खनालले घुस मागेको आरोप लगाइएको छ । रासस