Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिप दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु, ४ जना घाइते

२०८१, १९ पुष शुक्रबार ११:५०

काठमाडौँ | पूर्वी रोल्पाको सुनछहरी-६ फगाममा बोलेरो जिप दुर्घटना हुँदा एक जना यात्रुको ज्यान गएको छ। बिहीबार राति ९:३० बजेतिर जिप सडकबाट ५० मिटर तल खस्दा चालकसहित ४ जना घाइते छन्।

प्रहरीका अनुसार लु १ ज ४८८९ नम्बरको जिप सुलिचौर स्थित रुइनीबाङ देखि फगाम जाने भित्री कच्ची सडक खण्डको धुम्सीनजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा परेर सुनछहरी-६ फगामकी ५७ वर्षीया गौरा रोका मगरको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा मृत्यु भएको हो। चालक धुम्सी निबासी २९ वर्षीय धनीराम घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको अवस्था सामान्य छ।

दुर्घटनामा गम्भीर घाइते भएका सहचालक धुम्सीकै ३५ वर्षीय तिलबहादुर घर्तीलाई थप उपचारका लागि लुम्बिनी सीटी अस्पताल बुटवलमा पठाइएको छ। उनको शरीरमा भित्री भागमा चोट छ।

जिपमा सवार सुनछहरी-७ पोर्वाङका ४३ वर्षीय टेकबहादुर बुढा मगरको टाउकोमा चोट लागेको छ भने सुनछहरी-६ का २५ वर्षीय प्रेम रोका मगर पनि घाइते छन्। उनको पनि टाउकोमा चोट लागेको छ। दुवैको उपचार सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ। घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रोहितकुमार शाहीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश