असार २९, काठमाडौं । मुख्यसचिव सोमलाल सुवेदी निवृत्तिभरण (पेन्सन) बढाउनका लागि राजीनामा नै नदिईकनै एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २९, काठमाडौं । मुख्यसचिव सोमलाल सुवेदी निवृत्तिभरण (पेन्सन) बढाउनका लागि राजीनामा नै नदिईकनै एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक "/>

2026-06-18 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेन्सनको लोभले राजीनामा नदिई सुवेदी एडीबीको जागिरमा

2017-07-13


असार २९, काठमाडौं । मुख्यसचिव सोमलाल सुवेदी निवृत्तिभरण (पेन्सन) बढाउनका लागि राजीनामा नै नदिईकनै एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक पदमा जागिर खान लागेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार निजामती प्रशासनको नेतृत्व गरिरहेको सुवेदीले थप ३ वर्ष सेवा गरेबराबरको पेन्सन बढाउने लोभमा आफ्नो पद अतिरिक्त समूहमा राखी एडीबीको ३ वर्षे जागिरमा जान लागेका हुन्।

उनी साउन १ देखि पद सम्हाल्न फिलिपिन्सको मनिला जाँदैछन् । सुवेदीको पेन्सन बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषद्समेत सहयोगी बनेको स्रोतले जनायो। देउवा र मन्त्रिपरिषद्ले एडीबीमा जागिर खान जान लागेका सुवेदीको राजीनामा माग्नुको साटो उनको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिदिएको छ । जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले सुवेदीको पद जेठ २८ देखि लागू हुनेगरी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहको समूहमा राख्ने निर्णय गरिदिएको हो।

उनले काज बिदामै रहेर एडीबीको जागिर खानेछन्। २०७२ साउन २० मा मुख्य सचिवमा बढुवा भएका सुवेदीको कार्यकाल २०७५ साउन २० सम्म् रहनेछ। एडीबीको जागिर खाँदा पनि सुवेदीको यहाँको पद पनि सुरक्षित रहनेछ।

मुख्यसचिवको बाँकी कार्यकाल पूरा गर्दा उनको एक वर्षको पेन्सन सुविधा बढ्नेछ। पदावधि सकिनु एक साताअघि स्वेच्छिक राजीनामा दिँदा थप दुई वर्ष सेवा गरेबापतको पेन्सन पाइने व्यवस्था निजामती ऐन तथा नियमावलीमा छ।  -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु