२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

दलित भएकै कारण कोठा भाडामा पाएनन्

२०७२, ३ चैत्र बुधबार ०७:२३

सम्राट सिंह । चैत ३, बझाङ । नापी कार्यालय बझाङमा अमिन पदमा कार्यरत महेश विक दलित भएकै कारण कोठा भाडामा नपाएर झण्डै एक महिना अघिदेखि भौतारि रहेका छन । सदरमुकाम चैनपुर बाट झण्डै एक महिना अगाडि नापी कार्यालय देवलमा सरेपछि उनी अर्को कोठा भाडामा लिन भौतारिए पनि उनले दलित भएकै कारण देवलमा कोठा भाडामा पाउन सकेका छैनन् ।

छाउछुत हुने र देउता रिसाउने डरले यहाँका मानिसहरु अझै रुढीबादी परम्परा देखि त्रसित छन । जिल्लालाई छुवाछुत मुक्त घोषणाका नाममा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले लाखौ रकम खर्चेतापनि प्रभाव भने शुन्य छ । जयपृथ्वी नगरपालिका भित्रनै दलितको अवस्था दयनिय छ भने गाउँ घरको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।

कोठा भाडाका लागि पन्ध्र/बीस घरमा पुगे, घरमालिकलाई सोध्दा बिहान कोठा भाडामा छ भन्छन दलित भनेर थाहा पाएपछि बेलुका सामान लिएर जाँदा अनेकौँ बाहाना गरेर कोठा छैन भन्छन अब म कहाँ जाउँ पिडित महेशले दुखेसो पोखे । सांसद चन्द्रा जोशी को घरमा समेत बिहान कोठा भाडामा छ भनेको र दलित भनेर थाहा पाएपछि घर मर्मत गर्नु छ भनेर पन्छ्याएको बताए । भाडामा कोठा नपाएर २ हप्ता सम्म कार्यालय सहयोगी सँगै सुतेर रात काटेको समेत उनले थपे ।

बझाङमा महिना दिन सम्म कोठा भाडामा नपाउँदा विभिन्न समस्या भोगेपछि उनले सांसद अफिलाल ओखेडालाई समाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन बझाङमा दलित भएकै कारण तपाई जस्तै सांसद चन्द्रा जोशीको बाँझो घरमा कोठा भाडामा नपाउनु यो कतिसम्म अत्याचारी हो । उनले यसबारे सांसद ओखेडा सँग बाँकी फोनबाट कुरा गर्ने पनि सञ्जालमा उल्लेख गरेका छन ।

जतिसुकै छुवाछुत मुक्त का कुरा गरेपनि बझाङ जिल्लामा दलित/दलित बिच नै छुवाछुत छ । ठूलो जातले सानो जातलाई गर्ने व्यवहार उस्तै छ । महिनावारी,सुत्केरी भएको बेला पनि छाउछुत हुन्छ भनेर अलग्गै राख्ने प्रचलन कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट