उमा केसी/असार २९, रोल्पा । अविरल वर्षात्का कारण ग्रामीण भेगमा चल्ने यातायातका साधन झण्डै एक महिनादेखि अवरुद्ध हुँदा रोल्पालीलाई आवतजावतमा सास्ती व्यहोर्नु प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उमा केसी/असार २९, रोल्पा । अविरल वर्षात्का कारण ग्रामीण भेगमा चल्ने यातायातका साधन झण्डै एक महिनादेखि अवरुद्ध हुँदा रोल्पालीलाई आवतजावतमा सास्ती व्यहोर्नु प"/>

2026-09-19 06:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका दार्जनौ ग्रामीण सडक एक महिनादेखि अवरुद्ध


उमा केसी/असार २९, रोल्पा । अविरल वर्षात्का कारण ग्रामीण भेगमा चल्ने यातायातका साधन झण्डै एक महिनादेखि अवरुद्ध हुँदा रोल्पालीलाई आवतजावतमा सास्ती व्यहोर्नु परेको छ । 

सदरकमुकाम लिवाङ, घर्तीगाउँ र सुलिचौरवाट जिल्लाका ग्रामीण बस्तीसम्म साना सवारीसाधनबाट सेवा दिँदै आएका जलजला यातायात व्यवसायी समिति र जलजला यातायात प्रा.लि.का गाडीहरु बाटो अवरुद्ध हँुदा थन्किएर बसेका छन् ।

पश्चिम रोल्पाको ओत, रांसी, तालावाङ, घर्तीगाउ, दुईखोली र वागमारा तथा उत्तरी रोल्पाको खरिवोट, टुटु र थवाङसम्म सेवा दिँदै आएको जलजला यातायात प्रा.लि.का गाडी बाटो अवरुद्ध हुँदा दुईखोली र तालावाङमा मात्र सीमित भएको जलजला यातायात प्रा.लि. रोल्पाका अध्यक्ष नन्दवहादुर पुनमगरले बताउनुभयो । 

पूर्वी रोल्पाको सुलिचौरवाट गाम, सिर्प, जेल्वाङ, फुलिवन, अरेश, जुतुङखोला र पोवाङसम्म सेवा दिँदै आएको जलजला यातायात व्यवसायी समितिका गाडी बाटो अवरोधका कारण हाल पोवाङसम्म मात्र चल्ने गरेको समितिका अध्यक्ष तेजविक्रम रावतले जानकारी दिनुभयो । 

जिल्लाको थवाङ–काठमाडाँै, थवाङ–घोराही, दुईखोली–घोराही, घर्तीगाउँ–घोराही, टिला –घोराही र चुनवाङ –घोराहीका लागि बससेवा सञ्चालन गरेको सो समितिले सडक अवरुद्ध भएका कारण सबै ठाउँको सेवा बन्द गरेको अध्यक्ष रावतले जानकारी दिनुभयो । 

पश्चिमोत्तर सडक निर्माण तथा मर्मतको जिम्मा शहिद मार्ग सडक आयोजनाले लिएको छ भने पूर्वमा रहेका सडकको निर्माण र मर्मत सडक डिभिजन कार्यालय, चकचके, प्यूठानले लिँदै आएको छ । 

सडक डिभिजन कार्यालय र शहिदमार्ग सडक आयोजनासँग अविलम्ब सडक मर्मतका लागि समन्वय भएका कारण केही दिनमा सडक मर्मत हुनेमा आफूहरु आशावादी भएको जलजला यातायात व्यवसायी समितिका अध्यक्ष रावतले बताउनुभयो । 

सडक मर्मतका लागि सम्बन्धित निकायमा आफूहरुले अनुरोध गरेको भएपनि सुनुवाइ नभएको यातायात व्यवसायीले बताएका छन् । बाटो मर्मतका लागि जनताबाट ठूलो दबाब आइरहेका कारण सम्बन्धित निकायले मर्मत नगरे यात्रुको चाप बढी हुने केही सडक व्यवसायी आफैँले मर्मत गरेर भएपनि यातायात सञ्चालन गर्ने जलजला प्रा.लि.का अध्यक्ष नन्दबहादुर पुनले बताउनुभयो । 

वर्षात्का कारण सडकमा पहिरो गइरहेका कारण सबै स्थानमा गाडी चलाउने गरी सडक मर्मत गर्न असम्भव रहेको शहिद मार्ग सडक आयोजना, रोल्पाका कार्यालय प्रमुख सुबोध देवकोटाले बताउनुभयो । 

दुईखोलीसम्म गाडी नियमित चलाउनका लागि मेसिन चौबिसै घण्टा काममा लगाइएको उहाँले बताउनुभयो । 

नयाँ कटिङका कारण झण्डै एक वर्षसम्म यस्तो समस्या भोग्नुपर्ने उहाँले बताउनुभयो । हाल जिल्ला सदरमुकाम लिवाङवाट लामो दूरीमा चल्ने गाडीहरु मात्र नियमित सञ्चालनमा आइरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई