पढ्न करिब 1 मिनेट लाग्छ

असार २९, कञ्चनपुर । कञ्चनपुरको पवित्र धार्मिक तिर्थस्थलको रुपमा स्थापनाहुन गईरहेको महाकाली शारदा पीठ भम्केनी धाममा एघार दिने शिवपुराण महायज्ञ तथा श्रावणी मेलाको आयोजना हुने भएको छ ।

श्री सिद्धनाथ बैजनाथ धार्मीक तपस्थली क्षेत्र विकास समिती महाकाली शारदा पीठ भम्केनीधामको आयोजनामा यही आउदो श्रावण ९ गते देखि १९ गते सम्म उतm महायज्ञको आयाजना हुने आयोजक मूल समितीका अध्यक्ष हरी रावलले बताउनु भयो ।

साथै उहाले कञ्चनपुरको भिमदत्तनगर वडा न.ं ८ मा अवस्थित यस पवित्र क्षेत्रमा परम्परागत हिन्दु धर्मको रक्षा तथा निकट भविश्यमा यस महाकाली शारदा पीठ भम्केनीधाममा निर्माण हुनगईरहेको ७५ फीट अग्लो नेपाल आमाको मुर्ति निर्माणमा आर्थिक सहयोग पुगोस भनेर समेत शिवपुराण महायज्ञ तथा श्रावणी मेलाको आयोजना हुनगईरहेको बताउनु भयो ।

साथै कञ्चनपुरको भिमदत्तनगर वडा न. ८ का नव निर्वाचित वडाअध्यक्ष ध्वज बहादुर बिष्ट लाई सिद्धनाथ बैजनाथ धार्मीक तपस्थली क्षेत्र विकास समिती महाकाली शारदा पीठ भम्केनीधामका अध्यक्ष हरी सिह रावल ले रामनामी ओढाएर सम्मान गरेका थिए । राजेन्द्र सिह बिष्टको सहयोगमा