९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

भूकम्पले ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ प्रभावित, कहाँ-कहाँ भयो क्षति?

२३ पुष २०८१, मंगलवार १२:४०

काठमाडौँ | तिब्बत केन्द्रविन्दु बनाएर गएको भूकम्पले कोशी प्रदेशका हिमाली जिल्लामा असर पारेको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा, ताप्लेजुङमा क्षति पुर्‍याएको छ । रामेछापका विभिन्न स्थानमा घरहरूमा क्षति पुगेको छ । प्रहरीका अनुसार अहिलेसम्म ६ वटा घर पूर्ण रूपमा भत्किएको र केही घरमा आंशिक क्षति पुगेको विवरण संकलन भएको छ।

ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–५ शिरिसेका इन्द्रबहादुर परियारको घर पूर्ण रूपमा भत्किएको छ भने सिद्धीचरण नगरपालिकाको चुहान छापका हिमाल कार्कीको घरमा आंशिक क्षति पुगेको छ ।


सोलुखुम्बुको थुलुङ दूधकोशीमा हर्कबहादुर खत्रीको घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ । त्यस्तै, खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ङिमा शेर्पाको घर पूर्ण रूपमा भत्किएको छ।

संखुवासभाको भोटखोलामा तेन्जिङ शेर्पाको घर पनि भत्किएको छ भने ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको प्रमुख बस्ने घरमा आंशिक क्षति पुगेको छ।

त्यस्तै, रामेछापमा एउटा गोठमा क्षति पुगेको छ भने सिन्धुपाल्चोकको फुल्पिङकट्टीस्थित प्रहरी चौकीको भवनको भित्ता चर्किएको छ ।

प्रहरीले क्षति पुगेका स्थानमा खोज र उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, काठमाडौंको स्युचाटारमा एक व्यक्तिले भूकम्प आइरहँदा अताल्लिएर छतबाट हाम फालेको प्रहरीले जनाएको छ । दुवै खुट्टामा चोट लागेका उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पको असरले बारामा ११ जना विद्यार्थी बेहोस भएका छन् । तर, हाल उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो