१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

स्वास्थ्य मन्त्रालयको मुल्याङ्कनमा सुदूरपश्चिमका ५ जिल्ला उत्कृष्ट दशमा

८ चैत्र २०७२, सोमबार ०३:१३

डिवि विष्ट/चैत ८, बझाङ । स्वास्थ्य मन्त्रालयले हरेक वर्ष गर्ने कार्य सम्पादन मुल्याङ्कनका आधारमा देशभरका ७५ जिल्लामध्ये प्रदेश नम्वर ७ का पाँच जिल्ला उत्कृष्ट दशमा परेका छन ।

स्वास्थ्य मन्त्रालयले आर्थिक बर्ष २०७१÷०७२ मा कार्य सम्पादनका आधारमा गरेको स्वास्थ्य मुल्याङ्कनमा अछाम, बैतडी, कञ्चनपुर, डोटी र बझाङ्ग उत्कृष्ट दशमा परेका हुन ।

देशभरमै पाल्पा गत बर्ष झै पहिलो स्थानमा रहेको छ । ७ नम्वर प्रदेशका ९ जिल्ला मध्ये अछाम ८८ दशमलव १ अंक प्राप्त गर्दै दोस्रो, बैतडी ८६ दशमलव ८ अंक ल्याउदै चौथो, ८५ दशमलव ८ अंक ल्याउदै कञ्चनपुर सातौं, ८५ दशमलव ६ अंक ल्याउदै डोटी आठौं र ८५ दशमलव २ अंक ल्याउदै बझाङ्ग नवौ स्थानमा रहेका छन । सुदुरका अन्य जिल्लाहरु बाजुरा १९ आंै, कैलाली २४औं, दार्चुला २७ औं, डडेल्धुरा ३१ औ नम्बरमा रहेका छन ।

कार्यक्रम कार्यान्वयनको अवस्था, बजेट खर्च, कार्यालयमा उपस्थिति, रिपोर्टिङ, लगायत मुल्याङ्कन टोलीले तयार पारेको ३५ वटा सूचकबाट प्राप्त अंकका आधारमा उत्कृष्ट जिल्ला छनोट गरिएको जिल्ला स्वास्थ्य कार्यलयका डा. विष्णु खतीवडाले जानकारी दीनु भयो ।

डा. विष्णु खतीवडाले आगामी बर्षमा बझाङ जिल्ला लाई तेस्रो स्थानमा ल्याउने र क्रमश पहीलो स्थानमा पारेरै छोड्ने दाबि गर्नु भयो । उहाँले जिल्लामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयहरुले समेत साथ दिएका कारणले जिल्ला अस्पताल सिमखेत ७५ जिल्ला मध्ये स्वास्थ्य क्षेत्रमा नबौ सथनमा परेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते