मानवअधिकार एलाईन्सको १९ औं स्थापना दिवसको अवसरमा पर्वत शाखाले मोदी र कालीगण्डकीको संगम मोदीवेणीमा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गर्ने मानविय सेवामुलक कार्यक्रम आयोजना गरेको छ । फलफुत वितरण कार्यक्रममा बो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मानवअधिकार एलाईन्सको १९ औं स्थापना दिवसको अवसरमा पर्वत शाखाले मोदी र कालीगण्डकीको संगम मोदीवेणीमा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गर्ने मानविय सेवामुलक कार्यक्रम आयोजना गरेको छ । फलफुत वितरण कार्यक्रममा बो"/>
2026-09-19 04:37 PM
पर्बत - PBT

मानवअधिकार एलाइन्सको १९ औं स्थापना दिवस सम्पन्न

मानवअधिकार एलाईन्सको १९ औं स्थापना दिवसको अवसरमा पर्वत शाखाले मोदी र कालीगण्डकीको संगम मोदीवेणीमा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गर्ने मानविय सेवामुलक कार्यक्रम आयोजना गरेको छ । फलफुत वितरण कार्यक्रममा बोल्दै मानवअधिकार एलाईन्स केन्द्रिय सचिव गोविन्द पहाडीले राज्यको तर्फबाट नागरिकहरुका विभिन्न अधिकारहरु हनन नहोउन, कतै हनन र उल्लघंनका घटनाहरु भएमा न्यायका लागि पहल गर्ने विभिन्न प्रकारका अभियानहरु सञ्चालन गर्ने मानवअधिकार एलाइन्सले यस वर्ष आफनो स्थापनाको सन्दर्भ पारेर वृद्धाश्रममा रहेका वृद्ध आमाहरु तथा बाबाहरुलाई फलफुल लगायतका सामाग्री वितरण गरेर प्रशंसनिय कार्य गरेको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो ।

भविष्यमा पनि यस्तै ओझेलमा परेका समुदायलाई राहत हुने प्रकृतिका कामहरु गर्न मानवअधिकार एलाइन्स  लगायतका संस्थाहरुको ध्यानाकर्षण समेत गर्नुभयो । एलाईन्स जिल्ला शाखा पर्वतका अध्यक्ष गणेश शर्मा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एलाइन्सका केन्द्रिय सदस्य खुमप्रसाद सुवेदी, गैसस महासंघ पर्वतका अध्यक्ष शिवप्रसाद शर्मा, गैसस महासंघ पर्वतका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद पौडेलले आ आफनो धारणा राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन एलाईन्स जिल्ला शाखा पर्वतकी उपाध्यक्ष नेत्रकला सुवेदीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा