सिप बिकास तालिम केन्द्र पर्बतद्धारा पुर्ब बिद्यार्थीलाई प्रमाणपत्र तथा प्रबिधि सहायता सामाग्री हस्तान्त्रण गरेको छ । बुधबार कार्यलयमा एक कार्यक्रमको आयोज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिप बिकास तालिम केन्द्र पर्बतद्धारा पुर्ब बिद्यार्थीलाई प्रमाणपत्र तथा प्रबिधि सहायता सामाग्री हस्तान्त्रण गरेको छ । बुधबार कार्यलयमा एक कार्यक्रमको आयोज"/>
2026-09-19 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सिप बिकास तालिम केन्द्र पर्बतद्धारा पुर्ब बिद्यार्थीलाई प्रमाणपत्र तथा सामाग्री हस्तान्त्रण

सिप बिकास तालिम केन्द्र पर्बतद्धारा पुर्ब बिद्यार्थीलाई प्रमाणपत्र तथा प्रबिधि सहायता सामाग्री हस्तान्त्रण गरेको छ । बुधबार कार्यलयमा एक कार्यक्रमको आयोजना गरि कार्यलयबाट दिईएको बिभिन्न किसिमको तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सामाग्री हस्तान्त्रण गरिएको हो ।

सो अबसरमा यस बर्ष कार्यलयबाट सिकाईने बिभिन्न सिपहरु सिकेर उत्कृष्ट बनेका ७ जना प्रशिक्षार्थीलाई प्रबिधि तथा बस्तुगत सहायता सामाग्री समेत हस्तान्त्रण गरिएको छ । समाग्री ग्रहण गर्नमा प्लम्बीङ्गका प्रशिक्षार्थी पिताम्बर सुबेदि, बिधुत जडानका प्रशिक्षार्थी द्रोणराज शर्मा, केश श्रृंगारका प्रशिक्षार्थी गीता श्रेष्ठ, सिलाई कटाईका प्रशिक्षार्थी रेवती शर्मा, ईलेक्टोनिक्सका प्रशिक्षार्थी सन्तोष थापा, मोटरसाईकल मर्मतका प्रशिक्षार्थी बिजय परियार र कम्युटरका प्रशिक्षार्थी कमला न्यौपाने रहेका थिए ।

कार्यक्रमको अबसरमा बोल्दै प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्माले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्नको लागि सम्पुर्ण प्रशिक्षार्थीहरुलाई आग्रह समेत गर्नुभएको थियो । उहाले सीप सिकेर सिपकै माध्यमबाट आयआर्जन गरि स्वाबलम्बी बन्न आग्रह गर्नुभयो ।

प्रशिक्षार्थीको तर्फबाट मन्तब्य राख्दै प्लम्बीङ्ग तालिमका प्रशिक्षार्थी पिताम्बर सुबेदिले आफुले अहिले सम्म सिकेको सिपलाई ब्यवहारमा उतारेरै छाड्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो । उहाले ३ महिना सम्म सिकेको सिपलाई समुचित सदुपयोग गर्न बताउनुभयो ।

ब्यवसायीक सिप बिकास तालिम केन्द्र पर्बतका प्रमुख किरण चन्द्र सुबेदिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्बतका सदस्य सुबास लामिछाने प्रशिक्षार्थी रेवती शर्मा, सन्तु गिरी, कमला न्यौपाने लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन ब्यवसायीक सिप बिकास तालिम केन्द्र पर्बतका प्रशिक्षक गणेश पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ