२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीको टुङ्गो माओबादीले लगायो, कांग्रेसले सकेन, कुन मन्त्रालयमा कसको दाबी ?

२०७४, ३० असार शुक्रबार ०१:२९

असार ३०, काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार (१ साउनमा) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । 

शनिबारसम्म मन्त्रीको टुंगो लगाउने र आइतबार विस्तार गर्ने सहमति सत्तासाझेदार कांग्रेस र माओवादी केन्द्रबीच भएको छ। ‘माओवादी अध्यक्ष शुक्रबार नेपाल फर्केपछि शनिबार दुई दलबीच मन्त्रालय बाँडफाँड टुंग्याएर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले नयाँ पत्रिकासँग भने। पत्नी सीताको उपचारका लागि प्रचण्ड बुधबार थाइल्यान्ड गएका छन्। उनी फर्केपछि माओवादीले मन्त्रीहरूको टुंगो लगाउनेछ।

प्रधानमन्त्री देउवाले २४ जेठमा पद तथा गोपनीयताको शपथ लिएपछि कांग्रेस र माओवादीबाट ३–३ र लोकतान्त्रिक फोरमबाट एक गरी सातजनालाई मन्त्री बनाएका थिए। दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार संविधान संशोधनपछि गर्ने उनको तयारी थियो। तर, प्रमुख प्रतिपक्षी एमाले र राप्रपा सहमत नहुँदा संशोधनका लागि दुईतिहाइ नपुग्ने भएपछि देउवा मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका हुन्।

कांग्रेस र माओवादीबीच मन्त्रालयको भागबन्डा अझै मिलेको छैन। दुई पार्टीबीच कुन मन्त्रालय कसले राख्ने र कुन दलले कति मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन। स्रोतका अनुसार प्रधानमन्त्री देउवा कांग्रेसलाई ११ र माओवादीलाई ८ मन्त्रालय हुने गरी बाँडफाँड गर्ने र बाँकी मन्त्रालय अन्य दललाई दिने मनस्थितिमा छन्। माओवादीले भने १० मन्त्रालय मागेको छ।  

‘हाम्रो दाबी १० मन्त्रालय हो,’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘राप्रपा, संघीय समाजवादी पनि सरकारमा सहभागी हुने स्थितिमा भने पार्टीको दाबी घट्न सक्छ।’ कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक तथा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र वर्षमान पुन सदस्य रहेको मन्त्रालय बाँडफाँड कार्यदलमा सहमति हुन सकेन। ‘माओवादीले माग गरेको मन्त्रालयको संख्या र मन्त्रालय कुन–कुन दिने भन्नेमा कुरा मिल्न सकिरहेको छैन,’ कांग्रेसबाट कार्यदलका एक सदस्यले भने, ‘प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षले शनिबार छलफल गरेर टुंग्याउने  अपेक्षा छ।’

कुन मन्त्रालयमा कसको दाबी ?

पहिलो चरणमा कांग्रेसले अर्थ, शिक्षा र श्रम तथा रोजगार तथा माओवादी केन्द्रले गृह, परराष्ट्र र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। माओवादीले सामान्य प्रशासन, आपूर्ति, स्वास्थ्य, कृषि विकास, भौतिक पूर्वाधार तथा यातायात र वन तथा भू–संरक्षण मन्त्रालय दाबी गरिरहेको छ। कांग्रेसले भौतिक पूर्वाधार तथा यातायात र वन तथा भू–संरक्षण मन्त्रालय आफैँ राख्न चाहेको छ। कांग्रेसमा रामचन्द्र पौडेल पक्षले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दाबी गरेको छ भने अर्का नेता खुमबहादुर खड्काले वन मन्त्रालय दाबी गरेका छन्।

कांग्रेसमा व्यक्तिबारे  छलफल नै भएन

कांग्रेसबाट क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल नै भएको छैन। पहिला कुन–कुन मन्त्रालय पार्टीले पाउने भन्ने तय भएपछि मात्रै व्यक्तिको विषयमा छलफल गर्ने तयारी देउवाको छ।

‘अहिलेसम्म प्रधानमन्त्रीले पार्टीमा मन्त्रिपरिषद् विस्तारमा कुन–कुन नेतालाई समेट्ने भन्नेबारेमा छलफल गर्नुभएको छैन,’ कांग्रेस नेता डा. रामशरण महतले भने। देउवाले मन्त्रालय टुंग्याएपछि पार्टी छलफल गर्ने बताएको डा. महतले जानकारी दिए।

माओवादीले टुंग्यायो  मन्त्रीको नामावली

माओवादीले पार्टीका तर्फबाट मन्त्री हुनेको नामावली टुंग्याएको छ। कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा रहेको कार्यदलले मन्त्रीहरूको नामावली टुंग्याएर पार्टी अध्यक्ष प्रचण्डलाई बुझाएको छ। कार्यदलले सिफारिस नामलाई अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो। 

माओवादीले प्रदेश नं. १ बाट मोरङ–४ का निर्वाचित सांसद शिवकुमार मण्डललाई मन्त्री बनाई आपूर्ति मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरेको छ। प्रदेश नं. २ बाट प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्। सोही प्रदेशका गिरिराजमणि पोखरेललाई स्वास्थ्यमन्त्री बनाउन कार्यदलले सिफारिस गरेको छ।

माओवादीले प्रदेश नं. ३ बाट रामेछाप–२ का सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासनमन्त्रीका लागि कार्यदलले सिफारिस गरेको छ। प्रदेश नं. ४ का हितराज पाण्डेलाई दोहोर्‍याउने कि तनहुँकी आशा खनाललाई मन्त्री बनाउने टुंगो नलागेको माओवादी स्रोतले बताएको छ। 

प्रदेश नं. ५ का कृष्णबहादुर महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय र प्रदेश ६ का जनार्दन शर्मा गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। माओवादी कार्यदलले प्रदेश नं. ६ बाट कालिकोटका सांसद महेन्द्रबहादुर शाहीलाई ऊर्जामन्त्रीका लागि सिफारिस गरेको छ। -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ