८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा

२५ पुष २०८१, बिहीबार १६:३०

काठमाडौँ | रास्वपाका सभापति रवि लामिछानेसहित अन्य पदाधिकारीहरू मुछिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस सकिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार सरकारी वकिल र प्रतिवादी पक्षको जवाफी बहस सम्पन्न भएको हो ।

जिल्ला अदालत कास्कीका अनुसार आजै बेलुका आदेश आउने सम्भावना रहेको जनाइएको छ । मुद्दाको आदेश लेखन कार्य भइरहेको छ अदालत स्रोतको भनाइ छ ।

न्यायाधीश राईको इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्नेबारे आदेश गर्ने छ ।

थुनछेक बहस सकिएपछि रास्वपाका शीर्ष नेता, कार्यकर्ता, र सहकारी पीडितहरू अदालत परिसरमा जम्मा भएका छन् । रास्वपाका कार्यबाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, विनिता कठायतलगायत अदालत परिसरमा देखिएका छन् ।

यसैबीच, अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निषेधित क्षेत्रमा सुरक्षा दिइरहेका छन् ।

रास्वपा सभापति रवि लामिछानेलाई अदालतभित्र थुनुवा विश्राम कक्षमा राखिएको छ। उनकी पत्नी निकिता लामिछाने पनि सोही कक्षमा आदेशको प्रतीक्षा गरिरहेकी छन् । रविका समर्थकहरू उनलाई थुनामुक्त गर्ने आदेशको प्रतीक्षामा छन् ।

अदालतले रविलाई छोड्ने आदेश दिए पनि उनी थुनामुक्त भने हुने सम्भावना कम रहेको प्रहरी उच्च स्रोतको भनाइ छ ।
अन्य जिल्लामा पनि मुद्दा चलिरहेका कारण उनलाई पुन: पक्राउ गर्न प्रहरी तयारी अवस्थामा रहेको छ।

सूर्यदर्शन सहकारी प्रकरणमा रविसहित गोर्खा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्व डिआइजी छविलाल जोशी, रविका सहयोगी लिला पछाईं, पूर्व सांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य कृष्णबहादुर गुरुङ, र पूर्व कोषाध्यक्ष आरती गुरुङविरुद्ध पनि मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी