2026-09-11 09:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला

बर्दिया । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले मुलुकको अस्थिरताको अन्त्य र समृद्धिका लागि एमालेसँग सहकार्य गर्नु परेको बताएकी छन् ।

नेपाली कांग्रेस बर्दियाले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा डा.संग्रौलाले सहकार्य एमालेसँग भएपनि प्रतिस्पर्धा पनि एमालेसँग नै हुने स्पष्ट पारिन् ।

उनले आजको नेपाली कांग्रेसको लक्ष्य भनेको समुन्नत र समृद्ध नेपाल रहेको बताउँदै उनले सुशासन सार्थ समृद्धिका लागि भ्रष्टाचार सम्बन्धि सबै फाइल खोल्नुपर्ने धारणा राखिन् । । पार्टीको इतिहासलाई भजाएर मात्र होइन बर्तमानको आवश्यक्ता पुरा गर्नुपर्ने भन्दै उनले भनिन्,‘सुशासन र समृद्धिका लागि भ्रष्टाचारको सबै फाइल खोलिनुपर्छ । जोकोहीमाथि छानविन हुनुपर्छ । सुशासनको जगमा मात्र समृद्धिको यात्रा तय हुने भएकाले भ्रष्टाचार न्यूनिकरण मुल एजेन्डा बनाइनुपर्छ ।’

उनले पार्टीको महाधिवेशन समयमै गराउन कार्यकर्ताहरुले माहोल सिर्जना गर्नुपर्ने र क्रियाशिल सदस्यस्ताको टुंगो चाँडो लगाउनुपर्ने बताइन् । नेताहरु एनपी साउद, अब्दुल सतार, गोविन्द बहादुर शाह र चम्पा खड्सहित लुम्बिनी प्रदेश भ्रमणमा पुगेकी डा. संग्रौलासहितको टोलीले बाँके, कपिलवस्तु, नवलपरासी र नवलपुरलगायतका जिल्ला भ्रमण गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस