८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

ठूलो लगानीमा क्यान्सर अस्पताल संचालन हुने

३० असार २०७४, शुक्रबार ०९:३६

असार ३०, चितवन । निजी क्षेत्रमा क्यान्सरको समेत उपचार गराइरहेको यहाँको एनपिआई नारायणी सामुदायिक अस्पतालले ठूलो लगानीमा छुट्टै क्यान्सरको विशेषज्ञ अस्पताल सञ्चालन गर्नेभएको छ । 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्व अध्यक्ष र कार्यकारी निर्देशक रहिसक्नुभएका डा भक्तमान श्रेष्ठको नेतृत्वमा रहेको नारायणी सामुदायिक अस्पतालले नेपालमै सबैभन्दा ठूलो लगानीमा अत्याधुनिक क्यान्सर अस्पताल सञ्चालन गर्न लागेको हो । 

नारायणी सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष समेत रहनुभएका श्रेष्ठका अनुसार बर्सेनि नेपालबाट ४० प्रतिशत क्यान्सरका बिरामी विदेश उपचार गर्न जाने गर्दछन् । ती बिरामीलाई समेत रोक्न सक्ने गरी अत्याधुनिक अस्पताल सञ्चालन गरिने उहाँले बताउनुभयो । 

अस्पताल सञ्चालनका लागि भरतपुर महानगरपालिका–९ गोन्द्राङस्थित राजमार्गबाट एक किलोमिटर दक्षिणतर्फ तीन बिगाहा ६ कठ्ठा जमिनसमेत खरिद गरिसकिएको छ । करिब रु दुई अर्ब लगानी गरी तीन वर्षभित्र अस्पताल सञ्चालनमा ल्याइने श्रेष्ठले बताउनुभयो । 

हाल नारायणी सामुदायिक अस्पतालमा १८० जना लगानीकर्ता रहेका छन् । यसको मातृ संस्थाको रुपमा नेपाल पोलिटेक्निक इन्स्टिच्यूट (एनपिआई) रहेको छ । एनपिआई समूहले अस्पतालको नेतृत्व गर्नेछ । यो समूहभित्र झण्डै ७०० लगानीकर्ता रहेको अस्पतालका सञ्चालक चुडामणि खनालले बताउनुभयो । 

विशेषज्ञ चिकित्सक र स्थानीयवासीलाई लगानीका लागि आह्वान गरिएको छ । नपुग रकम बैंकबाट ऋण लिइने खनालले बताउनुभयो । अस्पताललाई प्राइभेट लिमिटेडको रुपमा विकास गरिने जानकारी दिँदै खनालले सर्वसाधारणका लागि पनि शेयर दिइने बताउनुभयो । 

अस्पतालमा मानिसको शरीरमा क्यान्सर भए नभएको पत्ता लगाउने पेटस्क्यान, रेडियोथेरापीको अत्याधुनिक मेसिन (आइजिआरडी), टाउकोको रेडियोथेरापी गर्ने गाफानाइफ, क्यान्सरको जेनेटिक थेरापी गर्ने उपकरणलगायतका अत्याधुनिक उपकरण र शल्यक्रिया कक्ष हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

भविष्यमा रोवट सर्जरी गर्ने लक्ष्यका साथ अस्पताल स्थापना गर्न लागिएको उहाँको भनाइ छ । यससँगै अस्पतालमा मुटुरोग र मृगौला रोगको पनि विशेषज्ञसहितको उपचार गरिने छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि ४० देखि ४६ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता