Skip to content
Friday, July 17, 2026 Nepali Online Media

डुबेर पाँच वर्षीय बालकको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार ३०, राजविराज । </b>सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिका–१४ डलुवास्थित खाल्डोमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।&nbsp;<br></p><p>प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीका अनुसार स्थानीय पाँच वर्षीय इनदल यादवको मृत्यु भएको हो । शौच गर्न कोशी नदीको किनार जानेक्रममा उनी खाल्डोमा डुबेका थिए ।&nbsp;</p><p>शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको छ । रासस&nbsp;</p>