<p><b>असार ३१, काठमाडौँ ।</b> संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएपछि प्रधानमन्त्री शेर बहादुर देउवा मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा जुटेका छन् ।<br></p><p>देउवाले आगामी सोमबारसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरी गृहकार्य थालेको देउवानिकट स्रोतले जनाएको छ ।</p><p>स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड बैंककबाट फर्केलगत्तै मन्त्रिपरिषद विस्तारबारे कुराकानी गर्ने भएका छन् । प्रचण्ड शनिबार काठमाडौं फर्कने कार्यक्रम छ । -नागरिक दैनिक </p>
प्रचण्ड काठमाडौं फर्केपछि मन्त्रिपरिषद् विस्तार
