२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ

२ माघ २०८१, बुधबार ०८:५१

एजेन्सी । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योल पक्राउ परेका छन् ।

भ्रष्टाचार विरोधी निकाय सीआईओका अनुसन्धानकर्ताहरू र प्रहरीले उनलाई गएराति राष्ट्रपति निवासबाटै पक्राउ गरेका हुन् ।

यसै महिनाको सुरूमा गरिएको पक्राउको पहिलो प्रयास भने असफल भएको थियो । देशमा सैन्य कानून लागू गर्ने असफल प्रयास गरेको विषयमा युन विरुद्ध देशद्रोह र शक्तिको दुरुपयोग गरेको भन्दै फौजदारी अभियोगमा अनुसन्धान भइरहेको छ ।

यूनले गत डिसेम्बर ३ को मध्यराति देशमा मार्शल ल घोषणा गरेका थिए । यद्यपि त्यो घोषणा ६ घण्टा पनि टिक्न सकेको थिएन ।

तत्काल संसद्को बैठक बसेर सांसदहरूले अमान्य घोषणा गरेपछि यूनले मार्शल ल फिर्ता लिएका थिए । सोही विषयलाई लिएर संसद्ले डिसेम्बर १४ मा यून विरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो ।

महाभियोग पारित भएसँगै निलम्बनमा परेका यूनविरुद्ध संवैधानिक अदालतमा सुनुवाइ भइरहेको छ । संवैधानिक अदालतले महाभियोग सदर गरेमा यून पदबाट बर्खास्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु